प्रादेशिक अस्पतालद्वारा रक्तदान

तुलसीपुर २ फागुन ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले रक्तदान कार्यक्रम गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले रक्तदान गरेर कार्यक्रम सुरुवात गरेका हुन् ।  त्यसपछि अन्य स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए । कालिकादेवी रक्त सञ्चार केन्द्रमा रक्तदान भएको हो ।


रगत दान नै जीवन दान भएको सन्देश दिन आफूहरुले रक्तदान गरेको डा. अर्यालले बताए ।