शान्तिनगर ३ र ४ बाट चारजना निर्बिरोध

निराश पान्डे
शान्तिनगर, २१ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोलि हुने वडा अधिबेशनको लागि आज शान्तिनगरको वडा नम्बर ३ र ४ मा उम्मेदवार हरुले दर्खास्त हालेका छन् । वडा नं. ४ मा नेपाली कांग्रेस संस्थापन इतर पक्षका वडा समितिको सदस्यमा जय बहादुर बि क, र घनश्याम छन्तेल निर्बिरोध निर्बाचित भएका छन् ।

तेसै गरि वडा नम्बर तिनमा संस्थापन इतर पक्षका जनजाति क्षेत्रीय प्रतिनिधिमा चन्द्र बहादुर थापा र वडा कार्यसमितिमा चन बहादुर छन्तेल निर्बिरोध निर्बाचित भएका छन । नेपाली कांग्रेस संस्थापन पक्षले वडा नम्बर ३ मा आफ्नो सहमतीय बिना जनजाति क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवार दर्ता गराएकोमा चुक बहादुर खासुले आपत्ति जनाएका छन् । साथै उनले मतदान अधिकृत लाई फोन गरि आफ्नो उम्मेदवार क्यान्सिल गर्न अनुरोध गरे बमोजिम मतदान अधिकृतले चुक बहादुर खासुको उम्मेदवारी हटाएका छन् ।


सोमबार बिहान वडा नम्बर तिनको बयाले क्याम्पस र वडा नम्बर ४ को चिराघाटमा ९ बजे देखि मतदान सुरु हुने वडा नम्बर चारका मतदान अधिकृत बामदेब सर्माले जनाएका छन् । वडा नम्बर ४ मा २४४ र तिनमा २१९ मतदाता संख्या रहेको छ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'