जेसिजले ग¥यो वुवालाई सम्मान

दाङ, १८ भदौ । तुलसीपुर नगरजेसिजले वुवाको सम्मान गरेको छ । सोमबार कार्यक्रम गरि जेसिजमा आबद्ध पदाधिकारी तथा सदस्यहरुका वुवालाई बोलाएर सम्मान गर्नुकासाथै आशिर्वाद लिएको हो ।

त्यस अवसरमा जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेलले बृद्धाश्रमहरु बन्द हुनुपर्ने बताए । आफ्नो वुवाआमालाई बृद्धाश्रम नभई घरमै हेरचाह हुनुपर्ने बताए । साथै पछिल्लो समय विदेश जानेहरुको लर्कोले गर्दा आगामी दिनमा घरमा वुवाआमा मात्रै वेशाहारा भएर बस्नु पर्ने अबस्था पनि आउन सक्ने भन्दै यसमा पनि अबका युवाहरु सचेत ढंगले लाग्नु पर्ने बताए ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले तुलसीपुर नगर जेसिजमा वुवाको सम्मान गर्ने कार्यको सुरुवात भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।


वुवाको योग्दान र सम्मान मात्रै नभई वुवाहरुबाट धेरै सिक्नु पर्ने भन्दै यस्ता कार्यक्रमहरुले अनुभव साट्न टेवा पुग्ने बक्ताहरुको भनाई थियो । त्यस अवसरमा जेसिज तुलसीपुरका पूर्वध्यक्ष मघेराज घिमिरे, सूर्यप्रसाद शर्मा, नेत्रलाल भट्टराई, मोहन सुनार, निवर्तमान अध्यक्ष सालिकराम वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक सुरज केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब कमलप्रकाश शर्माले गरेका थिए ।