जनयुद्धलाई हिंसा देखे फेरी बिद्रोह हुन्छ : पूर्व मन्त्री शर्मा

दाङ, १३ भदौ । 
पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका देखे फेरी बिद्रोह हुने बताउँनु भएको छ । दाङको तुलसीपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउँनु भएको हो ।

जनयुद्धले ल्याएको उपलब्धीमा रमाई रहेकाले जनयुद्धलाई हिंसा देखे आफूहरुलाई मान्य नहुने बिचार व्यक्त गर्नुभयो । पटक/पटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताउँनुभयो । देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउँनु फेरि देश द्धन्दमा धकेल्नु हो उहाँले भन्नुभयो ।

वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा उभिएको कुरा जनताले स्पष्ट बुझेको बताउँदै सरकारको कार्यशैलीका बारेमा देशभर विरोध सुरु हुन थालेको प्रतिकृया दिनुभयो। माओवादीले दशबर्ष युद्ध लडेर ल्याएको उपलब्धी सरकारले खोस्ने तयारी थालेको भन्दै त्यसको बिरोध र बिद्रोह जनता आफैले गर्ने धारणा व्यक्तगर्नुभयो ।


प्रचण्ड नेत्रित्वको सरकार भ्रष्टाचार बिरुद्धको कामगर्दा एमाले र काग्रेसको नयाँ समिकरण बनेको भन्दै यो सरकारबाट शुसासनको अपेक्षा गर्न नसकिने पनि बताउँनुभयो । राम्रोकाम गर्नेलाई सरकारले देख्न नसक्ने प्रबृतिका भएका कारण कुलमान घिसिङलाई विद्युत प्राधिकारणको जिम्मेवारीबाट हटाउँन सरकारले दबाव दिदै आएको उल्लेख गर्नुभयो ।

भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्ड, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य सहितका नेताहरुको सहभागिता रहेको थियो ।