तुलसीपुरमा अटो पल्टिदा बस्नेतको मृत्यु

तुलसीपुर, १२ भदौ । दाङमा अटो दुर्घटना हुँदा एक ब्यक्तीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको हो ।

           


जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४५१३ नम्बरको अटो तुलसीपुर–१२ टरिगै नजिकै बुधबार बिहान साढे ८ बजेतिर अनियन्त्रित भइ पल्टिदा गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको अबस्थामा उपचारकै क्रममा मृत्यु भएको हो । बेलुका सवा ६ बजेतर उनको मृत्यु भएको हो । अटो चालक दंगीशरण–२ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।