दाङमा हुँडार मृत फेला

तुलसीपुर, १९ जेठ । दाङमा हुँडार मृत फेला परेको छ ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत नारायणपुरमा मृत अबस्थामा हुँडार फेला परेको छ ।गाडीले ठक्कर दिएर उक्त हुँडारको मृत्यु भएको हुन सक्ने जिल्ला बन कार्यालय दाङका सूचना अधिकारी टेकन प्रसाद आचार्यले बताए ।

उनका अनुसार उक्त हुँडारलाई मुचुल्का बनाएर लगिएको छ । दाङका बनहरुमा हुँडार प्रसस्तै पाइन्छ । यसरी पटक–पटक गाडीको ठक्करबाट हुँडारहरु मर्ने गरेको उनले बताए ।


यसलाई गाउँघर तिर भेडे बाघ पनि भन्ने गरिन्छ । सरकारलाई यो जनवारलाई संरक्षणको सूचिमा समेत राखेको छ । यो जनवारलाई किसानको सारथी भनेर पनि चिनिन्छ ।

किसानको बालीलाई नष्ट गर्ने मुसा,दुम्सी, बाँदरलगायतका जनवारलाई पनि खाने गर्छ ।