जन्मदिनको अवसरमा विद्यालयमा अक्षकोष र उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

निराश पाण्डे
शान्तिनगर, ६ भदौ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ स्थित बि पि कोइराला माध्यमिक विद्यालय बयाले सिंतराका शिक्षक एबं शिक्षक प्रतिनिधि निम बहादुर नेपालीले आफ्नो ५४ औं जन्मदिनको अवसरमा बिहीवार एक कार्यक्रमको आयोजना गरि विद्यालयको अक्षकोषमा रकम जम्मा र सोहि विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् ।

कक्षा एक देखि नौ सम्मका शैक्षिकसत्र २०८० का उत्कृष्ट एक एक जना विद्यार्थीहरुलाई कपि कलम, किताब गरि करिब ६ हजार बराबरको शैक्षिक सामाग्री त्यसै गरि सोहि विद्यालयलाई २५ सय बराबरकोको ऐना र विद्यालयको अक्षकोषमा नगद ५ हजार रुपैयाँ जम्मा गरेका छन्।


आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलसि गिरी र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देब राज मल्लले शिक्षक नेपालीले फरक सैलिमा आफ्नो जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्नु भन्दा विद्यालयमा अहिलेसम्म यस्तो कार्य कसैले पनि नगरेको भन्दै एउटा राम्रो र सकारात्मक परिवर्तन दिन खोजेकोमा धन्यवाद दिएका छन् ।

यस कार्यले विद्यार्थीहरुमा उर्जा मिल्ने भन्दै निम बहादुर नेपाली सरको कामलाई आउदा दिनहरुमा अन्य ब्यक्तिहरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी विद्यार्थी शिक्षकहरुले नेपालीलाई जन्मदिनको शुभकामना समेत दिएका थिए। उक्त कार्यक्रमको सहजीकरण शिक्षक तारा केसीले गरेका थिए।