
दाङ, २४ असोज ।
गढवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा। हेम बहादुर केसीले जानकारी दिएका छन ।
गढवा गाउँपालिका १ बनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी माझी जंगली च्याउ खाएपछि बिरामी परेका थिए ।
उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा राति ११ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी छन् । उनीहरूले असोज २१ गते साँझ जंगली च्याउ खाएको बुझिएको छ ।



लाइभदाङ । २४ आश्विन २०८३, शनिबार ०८:५३ बजे