
घोराही, २३ असोज ।
दाङ घोराही उपमहानगरपालिका वडा नं.१५ निवसाी शालिकराम आचार्यको आधा जीवन स्वास्थ्य क्षेत्रमै वित्यो । २०५३ सालमा स्वास्थ्य क्षेत्रको सरकारी सेवा सुरु गरेका आचार्यले २०७४ सालमा अबकास लिए । अबकास पछि पनि उनी स्वास्थ्य सेवामै तल्लिन भए । स्वास्थ्य सेवामै रहदा उनले हरेक महामारीमा औषधी मात्रै सहयोग गरेनन्, आफ्नो सीप र क्षमताको पनि प्रयोग गर्ने गरे । विशेष गरी कोभिड–१९ लगायतका स्वास्थ्य महामारीका समयमा उनले व्यक्तिगत तथा संस्थागत रूपमा अग्रसर भई अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति र सहजीकरणमा महत्वपूर्ण भूमिका खेले ।
२०३१ सालमा जन्मिएका आचार्य हाल मिलिनियम फर्मास्युटिकल्स प्रालि मार्फत औषधि थोक व्यवसाय सञ्चालन गर्दै आएका छन् । शिक्षण पेसाको समेत अनुभव रहेका आचार्यले आफ्नो बाँकी जीवन समाजसेवामा विताउने रहर छ । उनी हाल दाङ जिल्ला उद्योग बाणिज्य संघको सहकोषाध्यक्ष पदको उम्मेदवार छन् । उनले यो पदमा विजय भएमा ब्यबसायीहरुको हकहितकालागि दत्तचित्त भएर आवाज उठाउने बताए । पछिल्लो समय ब्यबसायीक क्षेत्रमा देखिएका तमाम समस्या समाधानकाागि आफ्नो भूमिका रहने बताए ।“मैले मेरो जीवन स्वास्थ्य सेवामा विताए, अब बाँकी जीवन ब्यबसायिक र समाजसेवामा विताउने इच्छा छ”,उनले भने“त्यसको सुरुवात उद्योग बाणिज्य संघको सहकोषाध्यक्षबाट सुरु गरेको छु ।”
कोभिड महामारीमा योगदान
आचार्य औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष हुन्, भने हाल नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यका रूपमा समेत क्रियाशील छन् । उनले दाङका सरकारी तथा निजी अस्पतालहरूमा अत्यावश्यक औषधिको आपूर्ति गर्दै आएका छन् ।
जीवनलाई एक प्राकृतिक उपहार मान्ने आचार्य समाज विज्ञानको दर्शन अनुसार प्रत्येक प्राणी अस्तित्व रक्षाका लागि सङ्घर्षरत रहने र समय, उमेर तथा परिवेश अनुसार जीवनको लक्ष्य परिवर्तन हुँदै जाने विश्वास राख्छन् । ५० वर्षको उमेरसम्म पुग्दा सरकारी सेवा, व्यापार र संघसंस्थाको सफल नेतृत्व गरिसकेका आचार्य अब आफ्ना कार्यहरूलाई व्यवस्थित प्रणालीमा राखेर बाँकी समय सामाजिक उत्थान, समानता, सामाजिक न्याय र मानवताका क्षेत्रमा समर्पित गर्न चाहेको बताउछन् । यसका लागि समाजले अवसर प्रदान गर्नु अनिवार्य रहेको उनको भनाई छ ।



लाइभदाङ । २३ आश्विन २०८३, शुक्रबार २१:२० बजे