देउवा निकट काँग्रेस तुलसीपुरको सभापतिमा बुढाथोकी

तुलसीपुर, २३ असोज ।
देउवा निकट नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको सभापतिमा नवीन बुढाथोकीलाइ चयन गरिएको छ । शुक्रबार भएको सम्मेलनले बुढाथोकीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।


जसको उपसभापतिमा सुशील न्यौपाने, सचिवमा पदम बस्नेत र सहसचिवमा राजकुमार नेपालीलाई चयन गरिएको छ ।
५० सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।