
दाङ,२५ फागुन ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ जित हातपारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो स्थानमा छ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाले ४२ हजार ६५८ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एमाले १३ हजार ९०२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले ११ हजार ३६९ मत प्राप्त गरेको छ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाले सात हजार २६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ७५६ मत पाएको निर्वाचन अद्यावधिक विवरणमा उल्लेख छ। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



लाइभदाङ । २५ फाल्गुन २०८२, सोमबार ०८:२५ बजे