नेपाल टेलिकमका सेवा आज राति ४ घण्टा बन्द हुँदै

काठमाडौं, ३२ श्रावन ।  आज राति नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति गर्ने भएकाले सेवा प्रभावित हुने भएको हो ।


त्यसक्रममा आज राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित हुँदै आएको छ । सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।