तुलसीपुर,२५ वैशाख । नेपाल दलित मुक्ती मोर्चाको केन्द्रीय सदस्यमा दाङका ४ जना परेका छन् ।
मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा दाङका हिरालाल सनार, मानसिङ सुनार, राधिका परियार र राजु परियारलाई चयन गरिएको छ ।
दलजित सेर्पालीको नेतृत्वमा १९९ सजस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसमा २३ जना पदाधिकारी छन् ।
लाइभदाङ । २५ बैशाख २०८०, सोमबार ०८:४६ बजे