दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा ७ जना घाइते

तुलसीपुर, २० साउन । दाङमा यात्रुबहाक जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आईतबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नंम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिबेणी गाउँपालिका ३ टोट्केका ४६ बर्षीय यम बहादुर केसी, सोही ठाउँका ४५ बर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ बर्षीया पार्वती केसी, ३४ बर्षीया रेखा ओली घाइते भएका छन् ।

त्यस्तै रुकुम पश्चिम त्रिवेनी गाउँपालिका ३ निवासी २५ बर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउाँपालिका ३ निवासी ३१ बर्षीया रोजिका ओली र लमजुङ मध्य नेपाल नगरपालिका ७ निवासी २४ बर्षीया लिला बास्तोला घाइते भएका छन् । घाईते मध्ये टोट्के निवासी केसी गम्भीर घाइते छन्। उनको टोउको र छातिमा चोट लागेको छ ।


ऐश्वर्य र पार्वतीको अबस्था मध्याम छ, भने अन्यको अबस्था सामान्य रहेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जिप आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटना पश्चात चालक फरार छन् ।