
दाङ, ७ भदौ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ । यसै क्रममा गायक तथा सर्जक तिलक ओलीको सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘आमा माइती घर’ सार्वजनिक गरिएको छ ।
सरिता सुनारको स्वरमा रहेको उक्त गीतमा शब्द, संगीत तथा एरेन्ज तिलक ओलीकै रहेको छ । तीज पर्वसँग जोडिएको माइतीघर, आमाको माया, चेलीबेटीको भावना तथा पारिवारिक सम्बन्धलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।
गीतको मिक्सिङ खडक बाजुरालीले गरेका छन् भने रेकर्डिङ सागर बाजुरालीले गरेका हुन् । गीत माला श्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
चिरञ्जीवी डाँगी र उमा के।सी।को अभियानमा तयार भएको गीतको भिडियोको छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी दोर्ण बस्नेतले सम्हालेका छन् । सहायक क्यामेरा म्यानका रूपमा आकाश विश्वकर्माले काम गरेका छन् ।
गीतको भिडियो कथा मदन बस्नेतले लेखेका हुन् भने निर्देशन चिरञ्जीवी डाँगीले गरेका छन् । गीतको पोस्टर डिजाइन एच। आर। मिडिया हाउस प्रा.लि. र मञ्जित पहाडीले गरेका हुन् । तीजको माहोल सुरु भएसँगै सार्वजनिक भएको ‘आमा माइती घर’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ । गीत तिलक वलिको अफिसियल युट्युब च्यानल ( Tilak Oli Offical ) मार्फत सार्वजनिक गरिएको छ ।



लाइभदाङ । ७ भाद्र २०८३, आईतवार २१:०४ बजे