दंगीशरणमा आर्थिक वर्ष २०८०/८१ मा जग्गा विवाद र बाटो निकासका उजुरी बढी

प्रमोद आचार्य
दंगीशरण, १५ साउन ।
दंगीशरण गाउँपालिकाले न्यायिक समितीको प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा परेका उजुरी,फर्छ्यौट भएको संख्या,छलफलको प्रक्रियामा रहेका मुद्दा संख्या ,पुनरावेदनमा गएको संख्या,र खारेज गरीएको संख्या सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

न्यायिक समितीका सयोजक दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा इज्जत आदर अनुसार खान लाउन नदिएको, ज्याला मजदुरी,वाटो निकास,जग्गा विवाद,गालि बेइज्जती,र पति पत्नि बिबाद लगायतका शिर्षकमा न्यायिक समितीमा उजुरी परेको संयोजक खड्काले बताइन् ।

जस अनुसार इज्जत आदर अनुसार खान लाउन नदिएको शीर्षकमा अघिल्लो आर्थिक वर्षको जिम्मेवारीमा रहेका ३ उजुरी,आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका ४ वटा उजुरी, फर्छ्यौट भएको २ वटा,छलफल प्रक्रियामा ४ वटा रहेको र १ वटा मुद्दा पुनरावेदनमा पठाइएको सयोजक खड्काले बताइन ।

ज्याला मजदुरीमा : अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा रहेको ४ वटा उजुरी, २०८०/०८१ मा दर्ता नभएको २०८०/०८१ मा १ वटा फर्छ्यौट भएको ,छलफलको प्रक्रियामा ३ वटा रहेको र पुनरावेदन नगएको प्रतिवेदनमा उल्लेख छ ।

बाटो निकास तर्फः अघिल्लो आर्थिक वर्षको जिम्मेवारीमा २ वटा,२०८०/८१ मा दर्ता भएको ३ वटा,फर्छयौट भएको २ वटा,छलफल प्रक्रियामा ,र पुनरावेदनमा १ वटा पठाइएको छ ।


जग्गा विबाद तर्फः अघिल्लो आर्थिक वर्षको जिम्मेवारीमा ३ वटा रहेको,२०८०/८१ मा ५ वटा दर्ता भएको,फर्छयौट भएको ४ वटा,१ वटा छलफलको प्रकृयामा रहेको र १ वटा पुनरावेदनको लागि पठाइएको छ ।

गालि बेइज्जती तर्फः आर्थिक वर्ष २०८०/८१ मा १ वटा,उजुरी दर्ता भएको र उक्त उजुरी न्यायिक समितिले नै फर्छयौट गरेको हो ।

अन्यतर्फ अघिल्लो वर्षको जिम्मेवारीमा १ वटा २०८०/८१ मा दर्ता भएको २ वटा,पुनरावेदनमा गएको २ वटा, र १ वटा खारेज भएको सार्वजनिक गरीएको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा आर्थिक वर्ष २०८०/८१ मा १५ वटा मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षको जिम्मेवारीमा रहेका १३ वटा मुद्दा गरी २८ वटा मुद्दामा १० वटा फर्छ्यौट भएको,८ वटा छलफलको प्रक्रियामा रहेको,५ वटा पुनरावेदनमा गएको र २ वटा खारेज गरीएको न्यायिक समिति सयोजक गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बताइन् । धेरै जसो उजुरी जग्गा विबाद र बाटो निकासमा परेको समेत उनले बताइन् ।

आफु निरन्तरता रुपमा न्यायिक समितिमा परेको उजुरीहरुलाई सकेसम्म पालिकामै मिलाउने गरेको र नसकेका उजुरीहरुलाइ मात्र पुनरावेदन गर्ने गरेको बताइन् । न्याय सम्पादनलाई सरल र सहज बनाउन इजलास कक्ष संचालनमा ल्याएको र उपाध्यक्ष खड्काले बताइन् ।