शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’

तुलसीपुर,२ असार ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.१ का भूमिहिन सुकुम्वासीहरुलाई अस्थायी निस्सा‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमामा वडाका ५ सय ३४ जनालाई सेतोपुर्जा वितरण गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भूमिहिन सुकुम्वासीहरुलाई सेतो पुर्जा वितरण गरिएको हो ।“हामीले अतिविपन्न भूमिहिन सुकुम्वासीहरुलाई पहिलो चरणमामा सेता पूर्जा वितरण गरेका हौं”,उहाँले भन्नुभयो“अब्यबस्थित बसोबास गरेकाहरुलाई पनि ब्यबस्थित बनाउने तयारीमा छौं ।”


अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोही अनुसार रातोपुर्जा पाउने उहाँको भनाई छ । यो संगै शान्तिनगरमा भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो ।

उहाँले अब सबै वडामा यसरी नै पुर्जा वितरण गर्ने गरि काम अघि बढाएको बताउनुभयो ।“पहिलो चरणमा वडा नं. १ बाट पुर्जा वितरण शुरु भयो”,उहाँले भन्नुभयो“अब सबै वडामा यसरी पुर्जा वितरणको काम अघि बढाउनेछौं ।”