दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुर, १४ साउन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका ८ असानी स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प ७११४ नम्बरको मोटरसाईल अन्यिन्त्रि भई दुर्घटना हुँदा चालक बाँके कोहलपुर १० निवासी ४० बर्षीय पुस्कर बहादुर सुनारको मृत्यु भएको हो ।


दुर्घटना हुँदा गम्भीर घाइते सुनारको उपचारको क्रममा लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।