लुम्बिनी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट

दीपक बोहरा
दाङ, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् ।

यही साउन ७ गते मन्त्री नियुक्त भएपनि ८ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन । मन्त्रीहरुको शुक्रबार मुख्यमन्त्री आचार्यले जिम्मेवारी तोकेका हुन् ।

जस अनुसार काँग्रेसका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रचण्ड विक्रम न्यौपानेलाई उद्योग,पर्यटन तथा यातायात मन्त्रालय, बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय एवं सरोज थापालाई शहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै एमालेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि तथा सहकारी मन्त्रालय, खेमबहादुर सारुलाई स्वास्थ्य मन्त्रालय तथा सीता शर्मालाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको जिम्मेवारी तोकिएको छ ।


त्यस्तै बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय गरि दुई मन्त्रालय भने मुख्य मन्त्री आचार्य आफैले राखेका छन् ।

लुम्बिनीमा एमाले र काँग्रेस मिलेर सरकार निर्माण गरेका छन् । ८७ सांसद भएको लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् ।

No description available.