तुलसीपुर,२३ बैशाख ।
नेपाल नेत्र ज्योति सघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन गरेको हो ।
जसको सदस्यहरुमा रेशमबहादुर खडका, भगवती शर्मा ,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य, दिनेशकुमार डाँगी , पत्रकार लिला शाह, शारदा चौधरी, घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी, पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) र प्रणवकुमार खड्का रहेका छन् ।
सघको बिधान अनुसार अन्य पदाधिकारी केही समय पछि मनोनित गरिने भएको छ ।
लाइभदाङ । २३ बैशाख २०८०, शनिबार १६:५५ बजे