दाङमा रड प्रहार गरि श्रीमतीको हत्या

दीपक बोहरा
दाङ, १४ साउन ।
दाङमा रड प्रहार गरि श्रीमतिको हत्या गरिएको छ ।

राजपुर गाउपालिका वडा नं. १ रसरी निवासी ३८ बर्षीय गणेश घर्तीले श्रीमति ३८ बर्षीया बसन्ती घर्तीलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

आईतबार राति खानाखाई सुतेकोमा सोमबार विहान साढे ९ बजेसम्म पनि ढोका नखोलेपछि स्थानीयले इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलालाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएर ढोका खोल्दा श्रीमतिको टाउकोमा फलामको रडले हानी हत्या गरेको अबस्थामा फेला परेको थियो ।


श्रीमान पनि भित्रै रहेको अबस्थामा प्रहरीले नियन्त्राणमा लिएको हो । शवको पोष्टमार्टमकालागि लमही अस्पतालमा ल्याईएको छ । हत्या गर्न प्रयोग भएको रड पनि प्रहरीले नियन्त्रणमा राखेको छ । घरायसी विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले प्रहरीको अनुमान छ । श्रीमानले विगतदेखि नै मापद पदार्थ सेवन गर्ने गरेकाे खुलेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।