
तुलसीपुर, २९ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा तीन वटै प्यानलले घरदैलोलाई तिब्र बनाएका छन् ।
माओवादी केन्द्रसहितका दलको समर्थनका उम्मेदवार सिताराम शर्माको प्यानल, काँग्रेसका उम्मेदवार यमकान्त भण्डारीको प्यानल र एमालेका मनोज लामिछानेको प्यानलले घरदैलोलाई तिब्र बनाएका छन ।



विहीबार तीनवटै प्यानल तुलसीपुर बजारका बिभिन्न ठाउँमा घरदैलो गरेका हुन् । २ चैतमा हुन लागेको निर्वाचनलाई लक्षित गरि घरदैलोलाई तिब्र बनाएका हुन् ।
सबै प्यानलका केन्द्रीय स्तरका नेताहरुसहित यसरी घरदैलोमा हिडिरहेका हुन् ।
लाइभदाङ । २९ फाल्गुन २०८१, बिहीबार २१:३० बजे