एसईई परिक्षामा ज्याेतिष्मती विद्यापीठ लमहीका अन्वेश सुवेदी देउखुरी प्रथम

प्रिया स्मृती गजमेर / लमही, १६ असार । 

भर्खरै सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा ज्याेतिष्मती विद्यापीठ लमहीमा अध्ययनरत अन्वेश सुवेदी ३.९ जिपिए सहित देउखुरी प्रथम हुनु भएको छ । त्यसै गरि सोहि विद्यालयमा अध्ययनरत भूषण घिमिरे ३.८६ जिपिए सहित देउखुरी क्षेत्रमै दाेस्राे हुन सफल हुनु भएको छ ।

सो विद्यालयबाट ४६ जना विद्यार्थी एसईई परिक्षामा सामेल भएका थिए ४६ जना मध्ये ४३ जना विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक नारायण भुसालले जानकारी दिनु भयो । ९३.४८ प्रतिशत सहित देउखुरी क्षेत्रमै सामुदायिक तथा संस्थागत विद्यालयलाई पछी पार्दै अग्र स्थानमा छ ।


५ जनाले ए प्लस, १५ जनाले ए, १८ जनाले वी प्लस र ६ जनाले वी ग्रेड लिन सफल भएको ज्याेतिष्मती विद्यापीठ लमही प्रधानाध्यापक नारायण भुसालको भनाई छ ।

विगतका वर्षहरुमा पनि ज्याेतिष्मती विद्यापीठ लमहीले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बालबालिकालाई सस्कार सहित शिक्षा प्रदान गर्दै गरेको यस विद्यालयले देखि कक्षा ११ र १२ मा कानून र व्यवस्थापन संकायमा अध्यापन गराउदै आएको छ । कक्षा १२ मा पनि सो विद्यालयले राम्रो नतिजा लिंदै आएको छ । ‘आगामी दिनमा पनि सबैको सहयोगले हामी राम्रो नतिजा ल्याउने कुरामा विश्वस्त छौं’- प्रधानाध्यापक भुसालले भन्नु भयो ।