
दाङ,४ बैशाख ।
दाङ दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी ३० बर्षीय दीपक परियारको भारतमा मृत्यु भएको छ । भारतको उत्तर प्रदेश अन्तर्गत बाराबंकी जनपदको थाना कुर्सी क्षेत्रमा विहीबार उनको शव फेला परेको स्थानीय स्रोतहरूले जानकारी दिएका छन्। उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन र घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको बताइएको छ।
उक्त शवको पहिचान तथा थप जानकारीका लागि वा सम्बन्धित व्यक्तिहरूले भारतका प्रहरी कांस्टेबल अनुज कुमार मिश्रसँग मोबाइल नम्बर ८३१८२५२२६७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



लाइभदाङ । ४ बैशाख २०८३, शुक्रबार २०:५२ बजे