सीप सिकेर आत्मनिर्भर बन्नुस: कार्यबाहक नगर प्रमुख योगी

दाङ, २८ माघ ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सीप सिकेर आत्मनिर्भर बन्न महिलाहररूलाई आग्रह गरिन्। सीपमूलक तालिम बेरोजगार भएर बसेका महिलाहररूको लागि आयस्रोतको माध्यम हुने विश्वास व्यक्त गरिन् । ‘आफ्नो खुट्टामा अडिन सक्ने खालको हुनु पर्छ, सधैं अरुको सहारा बाँच्न हुँदैन यस्तो गरियो भने अपहेलित भइन्छ त्यसकारण आफैमा निर्भर हुनु पर्छ’,कार्यबाहक नगर प्रमुख योगीले बताईन् ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख योगीले सो कुरा बताईन् । कार्यबाहक नगर प्रमुख योगीले भनिन् ‘तपाईंहरूले सिकेको सीप यस्तो होस कि यो सीपलाई अन्य पालिका, जिल्ला र प्रदेशमा प्रदर्शन गर्ने लायक बनोस ।’

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) द्वारा आयोजित ८ दिने उद्यमशिलता विकास तालिम आज (आईतबार) बाट लमही नगरपालिका–७ को उच्चानिम्बुमा शुरु भएको छ ।


तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य उर्मिला चौधरीले ८ दिन सम्म सहभागी भएर सीप सिक्न सबैमा अनुरोध गरिन्। यो तालिमले सहभागीहरूमा उपलब्धि मुलक रहोस, महिला दिदिबहिनीहरूको आर्थिक आय आर्जनलाई टेवा पुगोस भनेर आयोजना गरिने भएको हुँदा यस्ता मौकालाई सदुपयोग गर्नु पर्ने बताईन् ।

व्यवसाय सम्बन्धि योजना बनाइने, रोजगार, स्वरोजगार भनेको केहो ? विभिन्न खेलबाट कसरी आम्दानी गर्न सकिन्छ जस्ता विषयमा सहभागीलाई जानकारी गराइने उद्यमविकास सहजकर्ता रिता पुनले जानकारी दिईन् ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमिला योगीले गरेकी थिईन् । उक्त तालिममा वडा नम्बर ७ उच्चानिम्बुका २५ जना महिलाहको सहभागिता रहेको छ ।