देवराज कडेल
तुलसीपुर
७ मंसिर / दाङको तुलसीपुर स्थित राप्ती पोलिक्लिनीक एन्ड रिसर्च सेन्टरका सञ्चालक सुनिल केसीले तुलसीपुरमै प्रभाबकारी सेवा दिने गरेको बताएका छन् ।
राप्ती प्रादेशिक अस्पताल अगाडि रहेको उक्त अस्पतालले स्त्रीरोग बिशेषज्ञसेवा सहित आफ्नो गुणस्तरीय सेवा प्रदान गरेको छ । यसले विरामीलाई बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको उनको भनाई छ ।‘बिरामीले आफ्नो उपचार गर्न जिल्ला बाहिर जान पर्ने समस्यालाई अन्त्य गर्दै तुलसीपुर मै राम्रो सेवा दिन सकिन्छ भन्ने योजना अनुसारे नयाँ सुबिधा थप गरेका हौं’, उनले भने ।
स्त्रीरोग संगै, दैनिक सबै प्रकारका बिरामी जाँच ,ल्याब सेवा ,फार्मेसी सेवा, डिजिटल एक्सरे , भिडियो एक्सरे लगायत सबै सुबिधा एकै ठाँउबाट प्रदान गरेको सञ्चालक केसीले बताए ।
आगामी दिनमा आफ्नो गुणस्तरी सेवालाई निरंतरता दिदै अगाडि बढ्ने लक्ष्य रहेको समेत उनको भनाई छ ।
लाइभदाङ । ७ मंसिर २०७८, मंगलवार ०८:१५ बजे