जीपको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

दाङ, २७ कात्तिक । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया चोकमा जिपले ठक्कर दिदा साइकलयात्री गम्भीर घाइते भएका छन् ।

शनिवार राती पौने ८ बजेतिर पश्चिमबाट पूर्व तर्फ गइरहेको बा १४ च ८०२० नम्बरको जीपले साइकलयात्रीलाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नं. २ कठाहा निवासी गारा मिस्त्री ३० वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका छन् ।


घाइते चौधरीको टाउको, ओठ र शरीरका अन्य भागमा चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । उनको राप्ती सेवा पोलिक्लिनीक भालुवाङमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवलको चौराह हस्पिटलमा लगिएको छ ।

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।