दाङमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु

दाङ, ११ असार । दाङमा घाँस काट्ने क्रममा सर्पले टोक्दा एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय पारु चौधरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो ।


मंगलबार दिउसो साढे ३ बजेतिर सर्पले टोक्दा गम्भीर विरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।