दाङमा ६ बर्षे बालिकालाई यौन दुरुपयोग गर्ने सशस्त्र प्रहरीलाई १८ महिना कैद सजाय

दीपक बोहरा
दाङ,१५ साउन ।
दाङ जिल्ला अदालतले ६ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई कैद र जरिवानाको फैसला सुनाएको छ । विहीबार दाङ जिल्ला अदालतको अन्तिम फैसला सार्वजनिक गर्दै रोल्पा नगरपालिका वडा नं। १० घर भई सशस्त्र प्रहरी बल ज्वालामाई गणमा कार्यरत भरत रोकामगरलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको छ । साथै, पीडित बालिकालाई पुगेको मानसिक तथा शारीरिक क्षतिको बदलामा प्रतिवादीबाट २५ हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने आदेश समेत भएको छ । घटना २०८१ सालमा असोजको २४ गते भएपनि करिब डेढ बर्ष पछि मात्रै उक्त घटनाका विषयमा फैसला भएको हो । राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानी स्थित सशस्त्र प्रहरी बल नेपाल नं‍।२९ ज्वालामाई गण को उत्तरतर्फ रहेको रामजहधी वनको केराघारीमा घटेको थियो ।

के थियो घटना
घटना २०८१ साल असोज २४ गते बडा दशैंको फूलपातीका दिन बिहानको समयमा भएको थियो । सशस्त्र प्रहरी गणले दशैंको अवसरमा बाहिर चौरमा हालेको लिङ्गे पिङमा ६ वर्षीया बालिका र उनका साथीहरू खेलिरहेका थिए । पिङ खेलिरहेका बालिकाहरूलाई सशस्त्र प्रहरीका जवानहरू भरत रोका मगर र रेवन पचभैया मगरले भेटेर कुराकानी गरे । प्रतिवादीहरूले बालिकाहरूलाई आर्थिक प्रलोभन ९पैसा० देखाएर र ललाई(फकाई राजमार्ग मुनिको एकान्त केरा घारीमा बोलाएका थिए ।


त्यसपछि प्रतिवादी भरत रोका मगरले ६ वर्षीया बालिकालाई केरा घारीमा लगेर उनको मुख थुनी, लुगा खोली अस्वाभाविक यौनजन्य क्रियाकलाप गरेको बयानमा उल्लेख छ । त्यसपछि परिवारले सुरुमा जबरजस्ती करणी ९बलात्कार० को अभियोगमा दर्ता गरिएको थियो, तर स्वास्थ्य परीक्षण रिपोर्टमा कन्याजाली ९ज्थmभल० अक्षुण्ण देखिएको र करणी भएको ठोस प्रमाण नमिलेकाले अदालतले यसलाई बाल यौन दुरुपयोगको कसूर ठहर गरेको हो। पीडितको तिघ्राको भित्री भागमा देखिएको रातो डाम र बालिकाको बयानका आधारमा यो सजाय सुनाइएको हो ।

यस्तै यस मुद्दाका अर्का आरोपी रेवन पचभैया मगरको भने अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भइसकेको थियो । २०८१ साल कात्तिक १२ गते हिरासत कक्षको शौचालयमा उनले आत्महत्या गरेका थिए । फौजदारी कानुनमा आरोपित व्यक्तिको मृत्यु भएमा निजविरुद्धको कारबाही अगाडि बढ्दैन। त्यसैले, अदालतले २०८३ जेठ २९ गते सुनाएको अन्तिम फैसलामा जीवित रहेका प्रतिवादी भरत रोका मगरलाई मात्र दोषी ठहर गर्दै सजाय सुनाएको हो । पीडितका आफन्तहरूले सुरुमा रेवन पचभैया मगरलाई पनि कानुन बमोजिम सजाय हुनुपर्ने र निजबाट क्षतिपूर्ति भराउनुपर्ने माग गरेका थिए । तर निजको मृत्यु भइसकेको जानकारी प्राप्त भएपछि अदालतको फैसलामा उनको सजायको बारेमा कुनै उल्लेख छैन ।