दीपक बोहरा
दाङ,६ वैशाख ।
लुम्बिनी प्रदेश सरकार आज विस्तार गर्ने तयारी गरिएको छ । आज एमालेका चार मन्त्री थप गर्ने निर्णय भएको हो । यस अघि एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री भएका थिए । आज रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, बाँकेका रत्नबहादुर खत्रीलाई थप गर्ने तयारी भएको छ । तर, उनीहरुको मन्त्रालय भने टुंगो लागेको छ । आफ शपथ ग्रहण गर्ने र मन्त्रालय पछि टुंग्याउने गरि सहमति भएको एमालेका सांसद भुमिश्वर ढकालले बताए ।
माओवादी केन्द्रले थप एउटा मन्त्री पाउने गरि सत्तापक्ष दलमा सहमति भएको पार्टीका प्रदेश कमिटि अध्यक्ष सुदर्शन बरालले बताए । तर, आज एमालेका मन्त्रीहरुले मात्रै शपथ लिने गरि सहमति भएको छ । लुम्बिनीमा माओवादी केन्द्रबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री छन्, भने रोल्पाकै दिपेन्द्र कुमार पुन मन्त्री छन् । लुम्बिनीमा १० वटा मन्त्रालय रहेपनि साना दलहरुको माग धेरै आएकाले सहमति हुन नसकेको अध्यक्ष बरारले बताए उनका अनुसार जसपाले थप एउटा मन्त्री माग गरेको छ ।
जसपाबाट यस अघि भण्डारीलाल अहिर मन्त्री हुनुभएको छ । त्यस्तै नागरिक उन्मुक्तीले दुई वटा, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले एउटा र एकीकृत समाजवादीले एउटा मन्त्री माग गरेको छ । माग अनुसार मन्त्री दिदा मन्त्रालयको संख्या टुक्राएर १३ पु¥याउनु पर्छ । तर, गठबन्धनले मन्त्रालयको संख्या १० मै सीमित राख्ने सहमति गरेकाले थप गर्न नहुँने अध्यक्ष बरालको भनाई छ ।
लाइभदाङ । ६ बैशाख २०८१, बिहीबार ११:२८ बजे