तुलसीपुरको बजेट बढ्यो, दुई अर्ब सात करोड बिनियोजन

तुलसीपुर , १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ ।

उपप्रमुख स्यानी चौधरीले चालुतर्फ ६५.६३ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड १८ लाख, पुँजीगततर्फ ३३.४१ अर्थात् ६९ करोड ३१ लाख र वित्तीयतर्फ दुई करोडको विनियोजन बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख चौधरीले सबैभन्दा बढी शिक्षातर्फ कुल बजेटको ३०.५७ अर्थात् ६३ करोड ४२ लाख नौ हजार, स्वास्थ्यतर्फ ४.६२ प्रतिशत ९ करोड ५९ लाख ४० हजार, कृषि र पशुतर्फ ३।६६ सात करोड ५९ लाख ९८ हजार रुपियाँ विनियोजन गर्नुभएको छ ।


त्यस्तै अन्यमा ६१.१५ एक अर्ब २६ करोड ८७ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा आन्तरिकतर्फ ६१ करोड ५१ लाख ३६ हजार ६ सय रुपियाँ अनुमानित गरिएको छ । उपमहानगरपालिकामा चालु बर्षकालागि १ अर्व ७९ करोड ४५ लाख बजेट ल्याएको थियाे । आगामी आर्थिक बर्षकालागि बजेट बढाएर ल्याइएको छ ।