शंकर पोखरेल रेखाको नजिक पुग्न थाले

दाङ, ८ मंसिर । दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिब शंकर पोखरेल प्रतिस्पर्धी रेखा शर्माको नजिक पुग्न थालेका छन् । सुरुवात देखि नै अग्रता लिएकी माओवादी केन्द्रकी शर्मा ३१७ मतले पोखरेल भन्दा अघि छन् ।

७० हजार १ सय ९ मत गन्दा शर्माले २४ हजार ७२ प्राप्त गरेकी छन्, भने पोख्रेलले २३ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । मतगणना कार्य अन्तिम चरणमा पुग्दा पोखरेल शर्माको नजिक–नजिक आउन थालेका छन् । जम्मा ७९ हजार ४ सय ४६ मत खसेकोमा अब ९ हजार ३ सय ३७ मत मात्रै गन्न बाँकी छ ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार ७ सय ११ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।