विपतको सामना गर्न तुलसीपुर हाइअर्लट

तुलसीपुर, २१ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपतको सामना गर्न २४सै घण्टा जनशक्तिको व्यवस्थापन गर्ने भएको छ । आज बसेको उपमहानगरको विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आगामी भदौ १५ गतेसम्म डोजर,टिप्पर र कर्मचारी,खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ ।


त्यसैगरी बर्षायाममा फैलनसक्ने झाडापखाला,हैजा लगाएतका महामारीको नियन्त्रणकालागि जनस्वास्थ्य प्रवद्धन शाखालाई हाइअलर्ट राख्ने,सुरक्षा निकाय,डिइओसी,रेडक्रस लगाएतका संघ सस्थासँगको समन्वयलाई निरन्तरता दिने निर्णय गरेको विपत व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले विपतको सामना गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै तयारी अवस्थामा बस्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । बर्खायाममा विपतको जोखिम उच्च हुने भएकाले उद्धारका सामग्रीको कमी हुन नदिन आफू प्रतिवद्ध भएको बताउनुभयो ।