
तुलसीपुर, १५ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं।१२ मा सुधारिएको फलामे चुलो वितरण गरिएको छ । वडाका २६ जनालाई यसरी सुधारिएको चुलो वितरण गरिएको हो । माग फारामका आधारमा उनीहरुलाई यसरी सुधारिएको चुलो वितरण गरिएको हो । यस बर्ष २६ जनालाई प्रदान गरिएको भएपनि आगामी बर्ष पनि यसरी नै वितरण गर्ने तयारी रहेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । साथै इन्डेक्स चुलो पनि वितरण गरिनेछ ।
तुलसीपुर उपमहानगरपालिका, बैकिल्पक उर्जा पर्बद्धन केन्द्र र हरित जलबायु कोषले यसरी तुलसीपुरका सबै वडामा सुधारिएको चुलो वितरण गर्ने गरेको उपमहानगरपालिकाका फोकल पर्सन टेकबहादुर खड्काले बताए ।



लाइभदाङ । १५ असार २०८३, सोमबार १०:२३ बजे