दाङमा माओवादी केन्द्रका साढे १९ हजार बढि पार्टी सदस्य, कुन स्थानीय तहमा कति ?

तुलसीपुर
३ मंसिर /  नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका दाङमा साढे १९ हजार बढिले नयाँ पार्टी सदस्यता लिनुकासाथै नविकरण गरेका छन् । अनलाईन प्रणालीमा गएसंगै जिल्लामा १९ हजार ६ सय ७३ जनाले पार्टी सदस्यता लिएको पार्टीका लुम्बिनी प्रदेश निर्वाचन समितिका संयोजक रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार दाङमा सबै भन्दा बढि घोराहीले सदस्यता वितरण गरेको छ ।

घोराहीले ४ हजार एकसय ८५ जनालाई सदस्य दिएको छ ।


त्यस्तै तुलसीपुरले तीन हजार सातसय ९०, गढवाले २ हजार दुईसय ८६, लमहीले दुईहजार एकसय ३, राप्तीले एकहजार सातसय ६३, बंगलाचुलीले एक हजार चारसय ५६, राजपुरले एक हजार तीनसय ३३, शान्तिनगरले एक हजार एकसय ८९ जनालाई सदस्यता वितरण गरेको छ ।

त्यस्तै बबईले ८ सय ७६, दंगीशरणले ६ सय ९२ जनालाई सदस्यता प्रदान गरेको छ ।