स्मृत प्रधान हत्या प्रकरणः लोकेशनसहितको नक्सा पठाएर हत्या

दाङ,४ जेठ ।
फेसकबुकको फेक आईडी बनाएर जन्मदिन मनाउन भनि बोलाउने समूहले गएको चैत १९ गते देउखुरीमा एक युवकको हत्या ग¥यो । स्वस्तिका राना मगर र देभिसरी घर्ती मगरको फेक आईडी बनाएर राप्ती गाउँपालिका वडा नं.२ स्थित गोपीनाला बोलाई राप्ती गाउँपालिका वडा नं.२ बाह्रखुट्टी निवासी १६ वर्षीय स्मृत प्रधानको हत्या गरेको थियो । उनी राप्ती गाउँपालिका वडा नं. २ दोलाई खोला निवासी हुन् । उनलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । उनका साथी सोही ठाउँका १६ वर्षीय आयुष्मान थापा घाइते भएका थिए ।

यसरी भएको थियो घटना (बयानका आधारमा)
दाङ राप्ती गाउँपालिका वडा नं. १ बस्ने २० बर्षीय सन्दीप वली, वडा नं. ४ मौरीघाट बस्ने १८ वर्षीय निश्चल चौधरी र एक बालिकाबीचले पहिल्यै नि स्मृतको हत्या गर्ने योजना बनाएका रहेछन् । त्यसकालागि वलीले फेक आईडी बनाएर आयुष्मान थापालाई रिक्वेष्ट पठाए । त्यो रिक्वेष्ट पछि आयुष्मानसंग कुराकानी हुन थाल्यो । त्यसपछि १८ गते जन्मदिन भएकाले भेट्ने कुराकानी भयो । तर, आयुष्मानले १९ गते मात्रै समय हुने भएकाले सोही दिन आउने भन्ने भन्ने सहमति भयो । आयुष्मानसंगै स्मृतलाई पनि ल्याउने कुरा भयो । त्यही अनुसार आयुष्मानलाई लोकेशनसहितको नक्सा पठाईएको थियो । त्यही नक्सालाई ‘फलो’ गरि उनीहरु १९ गते पौने ८ बजेतिर गोपीनाला पुगे । त्यहाँ पुग्दा सुरुमा योजना अनुसार आयुुष्मानलाई लिएर मरनासन्न हुने गरि कुटपिट गरे ।

उनी बेहोस भएपछि खेतमा फालियो ।“आयुष्मानको टाउकोमा बाँसको चिर्पटले ४÷५ प्रहार गरेपछि निज अचेत अबस्थामा ढलेपछि निजलाई मैले र निश्चलले छोपेर मकै घारीमा लिइ छोडिदिएका हौं”, वलीले बयान दिएका छन् । त्यसपछि अलि टाढा बसेका स्मृतलाई ल्याउनकालागि ति बालिकालाई पठाईयो । केही समयमा ति बालिकाले स्मृतलाई ल्याईन । र, उनलाई पनि ढुंगा र चक्कु प्रहार गरिएको थियो । यो घटनामा प्रत्येक्ष रुपमा संलग्न वली र चौधरी थिए । तर,घर्तीले बीच–बीचमा घटनाका बारेमा जानकारी लिने र ‘आईडिया’ दिने काम गरिरहेका थिए । उनले घटना पछि दोषीहरुलाई भागेर जान समेत भनेको बयान दिएका छन् ।


प्रेम सम्बन्ध नै मृत्युको कारण
ति बालिकाले स्मृतसंग विगत तीन वर्ष अघि प्रेममा रहेको कुरा बयान दिएकी छन् । तर, बीचमा उनीहरुको सम्बन्ध थिएन । त्यसपछि पछिल्लो समय सन्दिपसंग प्रेम सम्बन्ध रहेको कुरा आफूले बयानमा खुलाएकी छिन् । उनीहरुबीचको प्रेम सम्बन्धको खटपटको कारणले मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले पनि गरेको छ ।

साथीसंग गएका प्रधानको हत्या
प्रधान घरका एक्लो छोरा थिए । घटना हुनु भन्दा केही दिन अघि मात्रै उनी पोखराबाट घर आएका थिए । प्रधान ब्रिटिस आर्मीको तालिमकालागि पोखरा बस्दै आएका थिए ।उक्त घटनामा तीन जनालाई अदालतले पुर्पक्षकालागि थुनामा राखेका छ, भने बालिकालाई सुधार गृहमा राखिएको छ  ।