एमबिबिएस सञ्चालनकालागि स्वास्थ्य कार्यालयको भवन प्रयोग गरिने

घोराही, २१ जेठ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्षदेखी नै एमविविएसको कक्षा सञ्चालनमा ल्याउने तयारी तिव्र पारेसंगै जिल्ला जनस्वास्थ्य कार्यालयको भवन उपयोग गर्ने भएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय दाङलाई पत्राचार गरेर कार्यालय भवन प्रतिष्ठानको एमविविएस सञ्चालन गर्नका निमित्त उपयोग गर्न निर्देशन दिएको हो । प्रदेश स्वास्थ्य मन्त्रि दिपेन्द्र पुनको हिजो जेठ २० गते भएको मन्त्रिस्तरको निर्णय भएसंगै अव प्रतिष्ठानले शैक्षिक शत्र २०८१/८२ को एमविविएस कार्यक्रम सञ्चालनको लागि जनस्वास्थ्य कार्यालयको भवनको छतमा प्रीफ्याव स्ट्रक्चर बनाउने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । उनले प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यलाई गरेको पत्राचारको वोद्धार्थ प्रतिष्ठानलाई पनि पठाएको छ । मन्त्रालयका बरीष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीद्वारा हस्ताक्षरीत पत्रमा प्रतिष्ठानलाई जनस्वास्थ्य कार्यालयको भवन उपयोगका निमित्त सहजिकरण गर्न सम्वन्धित कार्यालयलाई पनि निर्देशन दिएका छन् ।