पश्चिम दाङका विभिन्न स्थानमा तीन दिन विद्युत अबरुद्ध हुने

तुलसीपुर, १२ जेठ ।
तुलसीपुरसहित पश्चिम दाङमा तीन दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । आइतबारदेखि तुलसीपुरसहित पश्चिम दाङ र सल्यानको कपुरकोट क्षेत्रमा तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार ५ वटा सबस्टेशनबाट सञ्चालित १० वटा फिडर अन्तर्गतका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अश्वारा सबस्टेशनबाट वितरित फिडर अन्तर्गत भमके, अश्वारा, बालापुर फिडर अन्तर्गत बालापुर र सलौरा, सुकौरा फिडर अन्तर्गत सुकौरा, दोघरे, दुधेना, हापुरे सबस्टेशनको पुरन्धारा फिडर अन्तर्गत हापुरे, हंसपुर, जौबारी, बगाले, कालीमाटी लगाएतका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।


यस्तै बाघमारे फिडर अन्तर्गत खिलतपुर, गुनडले, पेदा, बाघमारे, जुम्लेकुला, भलानेटी, बगरखोला, चिराघाट, पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले, कट्कुईया, मलै, रगैँचालगायतका क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्रमुख गोसलीले बताउनुभयो ।

यस्तै तुलसीपुर सबस्टेशनको कपुरकोट फिडर अन्तर्गत रानागाँउ, राम्री, कृष्ण मन्दिर फिडर अन्तर्गत सल्यानरोड, घोराहीरोड, बसपार्क, कृष्णमन्दिर, मानपुर–बिजौरी फिडर अन्तर्गत बिजौरी, मानपुर र मलवार, हापुरे १३२र१३३ केभि सबस्टेशनको हापुरे, अश्वारा ३३ केभि लाईन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दंगीशरण र बबई गाँउपालिकाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

प्रमुख गोसलीका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जेठ १३ गतेदेखि १५ गतेसम्म लगातार तीन दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । यस्तै सोही समयमा सोही स्थानहरुमा जेठ २६ गते पनि विद्युत अवरुद्ध हुने प्रमुख गोशलीले बताउनुभयो ।