मार्वलकाे काम गर्ने क्रममा करेन्ट लाग्दा दाङमा एक ब्यक्तिकाे मृत्यु

दाङ, २२ साउन । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ श्रीगाउँमा करेन्ट लागेर गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय कृष्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

विकलाई बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।


करेन्ट लागेर गम्भिर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ ।