मानव कल्याण र रोटरी क्लव अफ दाङको बृहत वृक्षारोपन कार्यक्रम

दाङ, २५ असार ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लव अफ दाङको संयुक्त आयोजनामा सोमबार किसान जागृति महिला सामुदायिक वन क्षेत्र र ढिकपुर ड्याम बृहत वृक्षारोपन कार्यक्रम गरिएको छ ।

किसान जागृति महिला सामुदायिक वन घोराहीको समन्वयमा भएको बृहत वृक्षारोपन कार्यक्रमा फलफुल प्रजाति र सौन्दर्यवर्दक प्रजातिका करिव ५०० बिरुवाहरु रोपिएको थियो । बृहत वृक्षारोपन कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रपदा, रोटरी क्लव अफ दाङ, रोटर्याक क्लवका, किसान जागृति महिला सामुदायिक वनका पदाधिकारी लगाएत स्थानिय ६० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानागर–१७ का अध्यक्ष लौटन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा रोटरी क्लवका पुर्व अध्यक्ष ओबिन्द्र महारा, तिर्थ सन्तोषी, मानव कल्याणका पुर्व अध्यक्ष किरण रेग्मी, किसान जागृति महिला सामुदायिक वनका अध्यक्ष शान्ता रेग्मी, ड्याम संरक्षण समितिका अध्यक्ष किरण चौधरी, रोटर्याक क्लवका समिर ओली लगायतले मन्तब्य राख्नु भएको थियो ।

रोटरी क्लव अफ दाङको अध्यक्ष प्रदीप मजगैयाँको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सरस्वति सुबेदीले गर्नु भएको रोटरी क्लवका सचिव भारत राज देबकोटाले जानकारी दिनु भयो ।


५ वर्षमा दश हजार बिरुवा रोपिने मजगैयाँ
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र रोटरी क्लव अफ दाङको संयुक्त आयोजनामा ५ वर्षमा घोराहीमा १० हजार बिरुवा रोपिने रोटरी क्लव अफ दाङको अध्यक्ष एवं मानव कल्याणको कार्यकारी निर्देशक प्रदीप मजगैयाँको जानकारी दिनु भयो।

जलवायु परिवर्तनको नकरात्मक असर नेपाल जस्ता विकासोन्मुख देशमा दिनप्रति दिन पर्दै गएको छ, फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । त्यसैले यस्ता जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बृहत रूपमा वृक्षारोपणको अभियान थालिएको हो ।

“साथै फलफुल प्रजाति र सौन्दर्यवार्दक प्रजातिका बिरुवाहरुले वातावरण संरक्षणको साथै आयआर्जनको क्रियाकलापमा समेत सहयोग हुने छ, स्थानीय स्तरमा निर्माण भएका ड्याममा आन्तरिक पर्यटन भित्राउन सौन्दर्य प्रदक बिरुवाहरु समेत रोपिदै जाने र आन्तरिक पर्यटन वृद्धि गर्न स्थानीय सरकार र विभिन्न संस्थाहरुसंग मिलेर काम गर्ने योजना रहेको छ ।”