सहीद स्मृति माविद्वारा आगलागी पीडितलाई शैक्षिक सामग्री

तुलसीपुर,१० जेठ । दाङको तुलसीपुर १७ बनकट्टा स्थित सहीद स्मृति आवासीय माध्यामिक विद्यालयले आगलागी पीडितलाई सहयोग गरेको छ ।

विद्यालयले राजपुर ७ हाडवासका अग्नी पीडितलाई शैक्षिक सामग्री सहयोग गरेको शिक्षक मिनराज वलीले बताए । उनका अनुसार नोट कपि २४ दर्जन, पारस डटपेन ६ सय पिस, पेन्सिल २४ प्याकेट, इरेजर ५ प्याकेट र कटर ५ प्याकेट सहयोग गरिएको हो । विद्यार्थीहरुलाई प्रदान गर्नकालागि ल्याइएका शैक्षिक सामग्रीलाई छुट्याएर आगलागी पीडित विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।


त्यस्तै शिक्षक, कर्मचारीहरुले जम्मा गरेको १७ हजार पाँचसय रकम पनि सहयोग गरिएको प्रधानाध्यापक नारायण पौडेलले बताए ।
आगलागी पीडितका बालबालिकाहरुलाई पठन–पाठनमा सहज होस्, भनी सहयोग गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ ।