सेयर बजारमा नागरिकको चासो

पछिल्लो समय सेयर बजारमा नागरिकको चासो बढेको छ । प्रबिधिको विकास भएर पनि होला, अहिले सेयर बजारमा जोडिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । अहिले आईपिओबाटै करोडौं लगानी गर्न नागरिक उत्साहित हुने गरेका छन् । यो सेयर बजार क्षेत्रकालागि सुखद पक्ष पनि हो । बैंकमा डिम्याट खाता खोल्नेको संख्या उत्तिकै भीड हुन्छ । आईपीओमा कुनै पनि कम्पनीको सेयर खुल्ला भएलगतै शेयर भर्नेहरुको संख्या अत्याधिक हुँदा सेयर भर्ने ‘एप्स’ नै ‘डाउन’ हुने गर्छ । यसले पनि सेयर बजारमा नागरिकको उत्साह कति छ, भन्ने कुरा देखाउछ ।

पछिल्लो समय ईमेल, इन्टरनेटको पहुँचमा भएकाहरु सेयरबजारप्रति धेरै उत्साहित हुने गरेका छन् । राम्रो कम्पनीहरुको सेयर परेमा छाटो समयमै फाईदा गर्न सकिने, जोखिम पनि कम हुने र भबिष्यमा पनि सेयरले राम्रो आम्दानी दिन थालेपछि यसरी सेयरबजारप्रति नागरिकको उत्साह थपिएको हो । अहिले केही व्यक्तीहरुले सेयरबजारका बारेमा प्रशिक्षण पनि दिदै आएका छन् । केही दिन अघि दाङको राप्ती ववई क्याम्पस, गोरखा स्कुल तुलसीपुरलगायतले विद्यार्थीहरुलाई एक दिने सेयर शिक्षा नै दिए । केही ब्यक्तीहरु शेयरबजार बारे जान्न इच्छुक हुने, तर प्रशिक्षण नपाएकाहरु पनि ति व्यक्तीहरुलाई शेयर शिक्षा दिन आबश्यक देखिन्छ ।


धेरै ब्यक्तीहरुको त सेयर बजारलाई नै पेशा बनाएका छन् । सेयर बजार बुझ्नेको र आबद्ध हुनेको संख्या बढिरहेपनि अझै पनि धेरै नागरिकको यसमा पहुँच पुग्न सकेको छैन । सेयर बजारमा हरेक नागरिकलाई जोड्न आबश्यक हुन्छ । त्यसकालागि स्थानीय सरकारको पहलमा सेयर बजार सम्बन्धी प्रशिक्षण दिने कार्यक्रमलाई अगाडी बढाउन सकियो, भने त्यसले नागरिकको सेयर बजारमा लगानी गर्न थप उत्साह थप्छ । सरकारी बिभिन्न प्राजेक्टहरुमा पनि नागरिकको लगानी भित्र्याउन आबश्यक छ । नागरिक स्वामित्व लिन तयार देखिएका छन् । सरकारी सम्पतीमा नागरिकको लगानी भएमा त्यसमा नागरिकले पनि स्वामित्व लिन्छन्, र नागरिकहरुपनि जिम्मेवार र बफादार पनि हुन्छन् । यसले जनताहरु पनि सरकारका सहयोगी बन्न सक्छन् । यसकालागि सरकारले योजना बनाउन आबश्यक छ । अर्कोतर्फ शेयर बजारलाई ब्यबस्थित गर्न सरकारले पुँजीगत लाभ घटाउनु पर्छ । यसले पनि नागरिकलाई सेयर बजारमा थप सहज बनाउने छ ।