दिपकराज खड्का
युवाहरु नै देशको अग्रगामी विकासका मुख्य आधार हुन र युवाहरुको मेहनत पसिनाले नै देश बन्छ’ अझै पनि हामी युवाहरु मौन बसि रहेका छौ किन ? राष्ट्रमा रहेको आर्थिक,सामाजिक, राजनीतिक, समस्या व्यथिति हामीले प्रत्येक्ष रुपमा भोगिए रहेका छौ किन ? केका लागि के हामी सधै दाशीको रुपमा बाचि रहने हो । हिजो सामन्तिहरुले प्रत्यक्ष तथा शारिरीक रुपमा हामीहरुलाई दासको जीवन जिउन बाध्य बनाए । त्यसका विरुद्धमा महान शहीदहरुको र समाम्मनिय व्यक्तित्वको आहुतिका कारण आज हामी यहा सम्म आएका छौ । यो परिवर्तनका लागी आहुति दिने सम्पूर्ण महान व्यक्तित्वहरुलाई सम्मान ब्यक्त गर्दछु ।
हामी युवा लगाएत सम्पूर्ण राष्ट्रका मानिसहरु सामन्तिहरुबाट प्रत्येक्ष तथा शारीरिक रुपमा मुक्ति त पायौ तर आजको यो समयलाई हेर्दा फेरी त्यही दासी युगमा बाचिरहेका छौ । कसरी भन्दा पहिले प्रत्यक्ष तथा शारीरिक रुपमा दास भयौ आजको समयमा मानसिक रुपमा दास भयौ अव हामी मानसिक रुपमा दास हुन बाट मुक्त हुन जरुरी छ ।
हामी युवाहरु यस्तो मानसिक दास भयौ भने देश विकास तर्फ जादैन । हामी युवाहरु क्रिया कम प्रतिक्रिया बढि दिने भयौ, हामी सधैै आलोचना ,प्रश्न र समस्या मात्र देखाउने भयौ तर त्यसको समाधान केहो खाज्दा पनि खाज्दैनौ र पढदा पनि पढदैनौ । हामी कतिपय युवाहरुलाई समाधानको उपाए थाहा हुदा हुदै पनि मौन बसेका हुन्छौ । सधै यो भएन त्यो भएन फलानो नेताको काम छैन कोही नेताहरुले केही गर्न सक्दैनन सब चोर फटाह हुन जो जोगि आएपनि कानै चिरेकै आउने हो भन्दै बस्ने आलोचना मात्र गर्ने अनि यसरी हाम्रो देश बन्ने होत सधै समस्याका कुरा मात्र गरेर समाज अगाडि बढ्ने होत यसको उपाएमा हामी युवाहरु बुलन्द आवाज निकालि जाग्न जरुरी छ ,अव पनि चुप बसेर प्रतिक्रिया दिएर आलोचना गरेर काम छैन अव क्रिया गरेर नै हरेक समस्याको समाधान हुन्छ र देशको समृद्ध विकास हुन्छ ।
अब हामी नेपालीहरुले ढिला गर्नु हुदैन आफ्नो देश विकासका लागी हामी आ–आप्mनो ठाउँबाट लाग्नु जरुरी छ । सिगो देशले विकासको मुहार फेर्न युवाहरुको साथ जोस खाजिरहेको छ , हामी जवान युवाहरुको आवश्यकता यो देशले महसुस गरिरहेका छ यस लेखको मुल विषयमा जानु भन्दा पहिले हामीहरु केही देशको राष्ट्र प्रमुख हरुको उमेर र युवाको हद उमेर बारे तलको तालिका हेरौ र बुझौ ।
माथिको तालिका निहालेर हेर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय देशहरुमा युवाहरुको सहभागिता एकदमै कम रहेको माथिको राष्ट्रप्रमुखहरुको तालिका बाट प्रष्ट थाहाहुन्छ । हामी सबै नव युवाहरु मिलेर यसको उपाय नखोजी नहुने देखिएको छ ,युवा जागरण भए समाज हुदै राष्ट्र पनि जागरण हुन्छ र देश विकास तिर तम्कन्छ । देशमा आइपर्ने विभिन्न खाले समस्या,व्यथितिको ओकालत गदै अगाडि बढ्नु हामी युवाहरुको प्रमुख दायित्व हुन्छ । युवाहरुको जोश, मेहनत, परिश्रम र ज्ञानले देश विकास तथा समृद्धी तर्फ लम्कीन्छ ।
युवाको पसिनामा मोती फलाउने क्षमता र दिप चम्काउन सक्ने क्षमता हुन्छ । नेपाल राष्ट्रिय युवा निति अनुसार युवा भनेको १८ वर्ष देखी ४० वर्ष उमेरका नागरिकलाई जनाउद छ । यसका सार्थ विश्वका कम्युनिष्ट राजनितिक दार्शनिक कार्ल माक्र्सले युवाको बारेमा दिएको परिभाषा अनुसार – ‘युवा भनेको त्यो हो जसलाई उमेरले छेक्दैन तर उसको विचार जुझारु र युवामैत्रि हुनु पर्दछ ’ ।
यसैगरि समाजवादी दार्शनिक तथा नेपालि कांग्रेस का संस्थापक विश्वश्वर प्रसाद कोइराला का अनुसार –‘ युवा भनेको उमेर भन्दा पनि शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा स्फुर्त, सामाजिक रुपमा स्वास्थ र बैचारिक रुपमा स्पष्ट भएका व्यक्तिहरुलाई जनाउछ ’ । यसरी हामीले दार्शनिकहरुका कुरालाई अनुसरण गर्ने हो भने युवा भनेको यस्तो व्यक्ति हो जसले देशमा रहेको हरेक काम र हरेक परिस्थितिको नेतृत्व लिन सक्छ ।
कुनै पनि देशका युवावर्ग भनेका राष्ट्रका धन हुन देशले आफ्नो यो धन र सम्पतिको समयमा चिन्न र प्रयोग गर्न सकेमा नै राष्ट्रको समृद्ध विकास सम्भव छ । इतिहास साचि छ युवाको साथ जहा छ त्यो राष्ट्र सधै विकास र उन्नति तर्फ लम्केको छ यदि युवाको शक्तिलाई उचित प्रयोग गर्न नसके देशले कहिल्यै समृद्ध विकासको शिखर चुम्न सकिदैन ।
राष्ट्रमा भएका युवाहरुको ठुलो संख्यालाई सहि पहिचान गरि राज्यले तिनको क्षमता सिप अनुसारका कार्यमा सहभागी गराउन आवश्यक छ । हाम्रो देशमा युवा शक्ति को ठुलो जमात छ । युवाको भनेका यो देशका गहना हुन । यसको सहि सदुपयोग गरेपछि नै देश विकासको लहरमा लम्कन्छ । त्यसैले अन्य छिमेकी मुलुकको तुलनामा हाम्रो राष्ट्र भौतिक विकासमा पछि परिरहेको छ राष्ट्रको पुर्ण विकास हुन सकिरहेको छैन । हाम्रो देशको केही अस्थिर राजनितीका कारण युवाहरुको जोश,जागर र शक्तिको विनाअर्थ खेर गइरहेको छ । जब युवाको मन,मस्तिष्क बौद्धिक र बैचारिक रुपमा आवश्यक ज्ञान,सीप,त्याग,संकल्प र आत्मविश्वासयुक्त हुन्छ तब उ सच्चा युवा र होनहार नागरिक बन्छ ।
युवा जवानहरुमा जोश,शारीरिक शक्ति,अद्दितिय आम्मविश्वास, केही गरु भन्ने भावना र आश यस उमेरका युवामा भरिपूर्ण रुपमा खादिएर रहेको हुन्छ । युवाहरुले व्यावहारिक, अध्यन र चिन्तन मार्फत देश र जनताको अवस्थाबारे सानो अध्यन तथा प्रत्येक्ष निरीक्षण गर्ने सक्ने योग्यता आर्जन गरका हुन्छन त्यसैले युवाहरुलाई नै देश हाक्न सक्ने र देश विकासको अगुवा बनाउ जब युवाहरुले राष्ट्रको अवस्था थाहा हुन्छ जब जनताका अन्याय,शोशन,अत्याचार र दमनमा परेको कुरा महसुस हुन्छ त्यसबेला युवाहरुको शारीरिक तथा बौद्धिक क्षमताले जनताविरोधि तत्व माथि प्रहार हुन्छ र यस्तो काम मात्र युवाहरुले गर्न सक्दछन । इतिहास साचि छ विश्वमा भएका तमाम क्रान्ति,आन्दोलन तथा विद«ोह यसका उदाहरणहरु आखा अगाडि छर्लरङ छन धेरै टाढा किन जानु पर्यो नेपालमा विगतमा भएका अन्याय ,भष्ट्रचार,शोसन, व्यथिति र सामन्तिका विरुद्धमा भएका आन्दोलन र क्रान्तिले पुष्टी गर्दछ ।
देश विकासको मुख्य मेरुदण्ड ने राजनिति हो । राजनितिमा सही दर्शन,विचार,कार्यदिशा र नियत सफा भएमा मात्र राजनितिका आधारमा देशको विकासको लहर ल्याउन पनि सकिन्छ यति सही दर्शन,विचार,कार्यदिशा र नियत सफा नभए त्यस्तो खाले मेरुदण्डको राजनितिमा कुनै काम हुदैन ।
देशमा व्यापक निरकुशता होस या विश्वमा ,समाजमा रहेका कुरुति तथा अन्धविस्वास समाप्त पार्न हामी जवान युवाहरुको मुख्य भुमिका रहेको छ, नेपालको इतिहास पल्टाएर हेर्दा सामन्ति राणा शासन र राजसस्था लाई जड बाट फाल्न अमर शहिद गंङागालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा, शक्रराज शास्त्री र भिमदत्त पन्थ जस्ता महान व्यक्तित्व युवाहरुले जनमुक्तिका लागी हासिहासी आफ्नो प्राणको आहुती दिन तयार भएका थिए । युवाहरु स्वभाव आवेग संवेग र विवेक का केन्द्रबिन्दु हुन , युवाहरुमा भएको आवेग र संवेगलाई विवेकमा परिवर्तन गरि समाज र राष्ट्र परिवर्तनमा लगाउन सकेको खण्डमा देश छलायमान गतिमा दौडिने छ ।
युवाहरुलाई प्रयोग र उपयोग मात्र गरियो राष्ट्रहितमा नभएर व्यक्तिगत लाभ र पार्टिगत स्वार्थका लागी मात्र प्रयोग गरियो , निश्चित दल र नेताका गुन्डाको रुपमा होस वा सशस्त्र युद्धका बेला नौ जवान युवाहरुलाई प्रयोग गरियो नेताहरु शासन सत्ता हत्याउनका निम्ती शाशकहरुले जवान युवाहरुलाई उचाई चढ्ने सिडि मात्र बनाए । अहिले राज्यको अति महत्वपूर्ण राजनितिको लाभको पदमा आसन छोटे वडामहाराजाहरुलाई यो स्थितिमा पुर्याउनका लागी तत्कालीन अवस्थामा युवाहरुले आफ्नो ज्यानको बाजि लगाएर टाउकोमा रातो कफन बाधेर लागी परे । अहिले तिनै युवाहरु देश छोडी खाडि मुलक होस या विकसित शहरमा आफ्नो परिवार सुखि र परिवार पाल्नका लागी परिवार छोडी सात समुन्द्र पारि एक्लै आफ्नो अमुल्य पसिना बगाइरहेका छन । हिजोको इतिहासलाई पल्टाएर हेर्दा सम्झिएर भक्कानो छाडि रुनु बाहेक अरु अब केही बाकी रहेन । पछिल्लो युवा पुस्ताका नव युवाहरुमा निराशाको कालो बादल मडारिनुको मुख्य कारण हिजोको इतिहास हो , जो आजको अवस्थामा युवाहरुको मख्य उपाय नै वैदेशिक रोजगार हो ।
नेपालमा बसेर केही काम छैन, यहा केही पनि हुदैन ,केही गर्न सकीदैन भन्ने विचार वर्तमान युवाहरुमा रहेका छ र म आफै नव युवा भएको हुदा यो समस्या प्रत्येक्ष रुपमा महसुस गरेको छु । युवाहरु भन्छन विदेश गैयो भने त अलि राम्रो संग घर परिवार लाई राम्रो हेरचाह गर्न सकिएला राम्रो घर जमिन जोड्न सकिएला भन्ने विचार व्यक्त गर्दछन र यो वर्तमान अवस्थामा यस्तो सोच विचार राख्नु एकदम सहि छ । समाज परिवर्तनका वहाक उर्जाका केन्द्रबिन्दु भनिएका चेतनशील डिग्री हासिल गरेका युवाहरुको मुख्य केन्द्रविन्दु नै अहिले वैदेशिक रोजगार भएको छ ।
अनि कसरी बन्न सक्छ देश ,राष्ट्रका खम्बालाई विदेशीको गुलाम बनाएर देश समृद्धी भएको नारा लगाउछन केहि मुर्ख गधाहरु । आज दक्षिण कोरिया, जापान,बेलायत ,खाडी देश जानका लागि लोकसेवा आयोगको जस्तै परिक्षा पास गरि स्वास्थ परिक्षण गरि मात्र तिनि राष्ट्रमा जान पाइन्छ ।
यसरी हाम्रो देशका युवाहरुलाई छानीछानी दक्ष तथा अनुभवी र शारीरिक रुपमा स्वस्थ युवा जनशक्तिलाई विदेशी राष्ट्रहरुले रोजीरोजी लगेपछि कसरी बन्छ त देश । यस्तो लाजमर्दो अवस्थामा छौ यसको समाधान र उपाय कस्ले गर्ने कस्को भागमा परेको ठेक्का हो यो देश । हाम्रो देशको केन्द्र सम्म ताकत राख्ने नेताहरुको दिमागमा कहिले आउने । र युवाहरुको घैटोमा घाम कहिले लाग्ने अझै पनि यिनी चोरको चाकडी मात्र गर्ने आफु कहिले मैदानमा उत्तरिने अब ढिलाभयो हामी उठन जरुरी छ ।
जवसम्म जनतालाई अधिकार सम्पन्न बनाइकन देश विकासमा लाग्ने लगाउने राजनितिक व्यवस्थामा हुदैन तबसम्म देश विकासको कुराहरु खाली गफ सरि हुन्छ । हो हामी यहि राजनितिक वातावरणमा युवा वर्ग यस्तै गफाडि र दलाल राजनीतिक व्यवस्थाको विरुद्धमा उत्रनु पर्दछ । यस्तै ठग र गफाडि दलाल राजनितिक व्यवस्थामा हामि युवाहरु परिवर्तन बन्न सक्नुपर्दछ ।
अनि मात्र सम्भव हुन्छ राष्ट्र विकास गर्न हामी मौखिक मात्र होइन व्यावहारिक रुपमा पनि उत्तरदायित्व हुन अत्यन्त जरुरी छ र यो हुन पनि पर्दछ , नेपालमा युवाहरुका लागि उचित गरिखाने र बसिखाने अवस्था व्यवस्था नभएकै कारण आज युवाहरु देश छोडि अन्तै गई बसोवास गरेका छन यसको अन्तत्य हामी युवाहरुले गर्नु पर्दछ । नेपालको जनसंख्याको सबभन्दा धेरै प्रतिशत युवाको छ झन्डै ४० प्रतिशत भन्दा बढी छन ति युवा कहाँ छन सबैले दिने उत्तर हो वैदेशिक रोजगारी ।
युवाहरु राहदानी लिने लाईनमा साउदी,कतार,दुबई,मलेसिया,अस्टे«लिया, युरोप र अमेरिकामा जाने आम रुपमा सबैले देखेको दृश्य नै हो र नेपाली युवा पाइने अर्को ठुलो स्थान हो प्रहरी हिरासत,जेल र लागुऔषध सुधारगृहहरु हुन अनि सिंहदरबार जानुभयो भने त्यहा तपाईले प्रत्यक्ष रुपमा देख्न सक्नुहुन्छ बुढाहरुको लर्को अनि जेलभित्र जानु भयो भने देख्नुहुन्छ युवाहरुको संख्या बढि हेर्नुहोस त कस्तो बिडम्वना भयो जहा युवाहरु हुनु पर्ने हो त्यहा छैनन् र जुन बुढाहरुको कुनै काम छैन उनिहरुबाट हामि शाशनहुनु पर्ने उनिहरुले बनाइ दिएको व्यवस्था मानिदिनु पर्ने युवाहरु जहिले आन्दोलन गर्न र व्यवस्था परिवर्तन गर्न युवा सधै अग्रगामी सडकमा उत्रिनुपर्ने र हामीले ल्याई दिएको व्यवस्थामा युवाहरुको सहभागी नभई यिनै बुढाहरु मात्र हुने किन ? हजारौ हजार सहिदको सुचिमा युवाहरु हुने तर पदमा र राज्यसत्तामा चाम्री परेका बुढापाखाहरु हुने यसकोे परिवर्तनका लागि हामी युवाहरुले बुलन्द आवाज निकाल्न जरुरी छ ।
चुनाव प्रचार प्रसारमा सबै भन्दा अग्रसरतामा युवाहरुको हुन्छ समाजको नेता बनाउन सहयोग सबै भन्दा युवाहरु कै भुमिका बढि हुन्छ तर चुनाव जितिसके पछि मन्त्रि, प्रधानमन्त्री तथा उच्च स्तरीय पदमा हुने चाहि भोली मर्ने की आज मर्ने जस्ता बुढाहरु हुन्छन । यस्तो खालको राजनिति गराउन फेरी तिनै युवाहरु कै हात हुन्छन जो टाठो बाठो हुन्छ उनिहरुलाई क्षेनिक पैसाको लोभ र पद देखाई उनिहरुको मुख बन्द गर्दिएर बोल्न चाहेको कुरालाई पनि पैसा र पदको लोभले मौन बस्ने गराई दिन्छन यस्तो खालको राजनितले गर्दा नै एक युवाले गर्दा लाखौ युवाहरुको आवाज नै बन्द भैदिन्छ जुन कुरा आउनु पर्ने हो आउदैन यस्तो खालको सोच केही युवाहरुमा पनि आउन जरुरी छ । यो सबै अवस्थालाई विश्लेषणले गर्दा सदियौ देखि उही पुरानो अनुहारले सत्ता र राजनितिको नेतृत्व सम्हालेको देख्दा युवाहरु क्रोध उत्पन्न भएको देखिन्छ । युवाहरुमा देखिएको निराशा र आक्रोशको वेगलाई थाम्न सकिएन र युवाहरुलाईल उत्पादनमुलक कार्यमा लगाउन सकिएन भने देश फेरि अर्को दिशामा जान सक्ने खतरा जान सक्छ । युवाहरुको समस्या र आक्रोसलार्ई व्यमतलब गरिएमा केन्द्रीय राज्य व्यवस्था चलाउन सक्ने आट राखेका नेताहरुलाई खतरा हुनसक्छ । किनभने युवाहरुको क्रान्ति र मेहेनतले माथि उठाउन सक्ने सामर्थ राख्नसक्छन भने तल झार्न पनि सामर्थ राख्दछन ।
हाम्रो देशमा राजनीतिमा ३०÷४० बर्षदेखि एउटै पुस्ताका बुढाहरुले शाशनसत्ताको बागडोर सम्हालिरहेका छन । कानुन बनाउछन बुढाहरु समस्या खेप्नुपर्छ युवाहरुले । रेमिटान्स भित्राएर देशको अर्थतन्त्र ढल्नबाट बचाउछन युवाहरु ,वृद्धभत्ता बढाएर केके न गरे भन्छन शाशक बुढाहरु । एकै समयमा राजनीतिमा आएका,उस्तै समयमा हुर्किएकाले त्यस समयका बुढा पुस्ताको सोच र व्यवहार पनि उस्तै छ । उनिहरुलाई न युवाको इच्क्षा चाहना थाहा छ न थाहा पाएर त्यसअनुसारको काम गर्छन ।
उनिहरुलाई वस युवाहरुको महत्व कहानिर छ कति बेला छ उनिहरुलाई प्रष्ट छन यसको राम्रो संग गृहकार्य गरि युवाहरुको प्रयोग गरि पार्टिमा बलियो गुठ निर्माण गर्ने र जसरी पनि चुनाव जितेर सत्तामा जाने खेल मै लिप्त छन । नेपाली राजनितिलाई हठ्प्न बुढा पुस्ताहरु सक्रिय छन ।यसैका लागि चाहिने अथाह पुजीको जोहो गर्न उनिहरु भ्रष्टाचार हुने गरेको तथ्य समाजमा प्रष्ट देखिन्छ । यस्तो हुनबाट बचाउन देशमा आमुल परिवर्तन ल्याउन सबै भन्दा पहिले युवाहरु सर्तक हुन अति जरुरी छ ।
विश्वमा भएका ठुलाठुला परिवर्तनको सार युवाहरुले नै गरेको इतिहास साची छ । इतिहासको कुरा गर्दा साउथ अमेरिका अर्जेन्टीनाका महान क्रान्तिकारी जनमक्त्ति योद्धा महान शहिद चे ग्युवारा २८ वर्ष कै उमेरमा जनमुक्ति क्रान्ति सुरु गरे र सफल पनि भए तेस्तै गौतम बुद्ध ले ३६ वर्षकै उमेरमा ज्ञान प्राप्त गरिसकेका थिए भने कार्ल माक्र्सले ३० वर्षको उमेरमै कम्युनिष्ट घोषनापत्र लेखी विश्वमा नयाँ राजनीतिक दर्शनको जग बसाईसकेका थिए ।
अहिलेको परिस्थिति त्यस्तो रहेन बुढाहरु आफु बाचुन्जेल राजनीतिक लाभको पदमा लिप्त भैरहनुपर्ने ,सत्ताको भोगचलन आफुले मात्रै गर्नुपर्ने भन्ने मानसिकता नत्यागे र युवाहरु एकजुट भै समस्या र व्यथितिको विरुद्धमा क्रान्ति नल्याई नेपाल नयाँ तरिकाको विकास र समृद्धि सम्भव छैन
म बन्छु अनि मेरो देश बन्छ भन्ने सोचका साथ अगाडि बढ्नुहोस । यो सोच तपाई हामी युवाहरुले राख्नु जरुरी छ । तपाई भन्नुहोला म मात्र परिवर्तन भएर के गर्ने अरु परिवर्तन हुदैनन् भनेर हामी यस्तो सोच राख्नुहुदैन अरु परिवर्तन हौउन या नहौउन तपाई आफुमा मात्र क्रान्ति ल्याउनुहोस त्यति भए पुग्छ ।
परिवर्तन भन्ने खाना पकाएको जस्तो होइन खाना पकायो कि ३० मिनेटमा पस्कने र भोग मेटाउने यो क्रम तरिकाले हुने चिज हो । यो उखान थाहानै छ होला थोपा थोपा मिली समुन्द्र बन्छ भनेर आज तपाई हामी थोपा थोपा छौ तर हाम्रो क्रान्तिले एकदिन सम्न्द्र हुन्छौ । जब सम्म हामीले हाम्रो सोच र सहि गलतलाई छुट्याउन नसके हामी युवा सधै नेताहरुको दास हुन्छौ । युवाहरुले कहिले पनि समाज परिवर्तन गर्न सक्दैनौ ।
लाइभदाङ । ९ भाद्र २०८१, आईतवार ०८:३७ बजे