१.परिचय र परिभाषा
राज्यसत्ता समाज विकासको प्रक्रियामा विकसित भएको एक आर्थिक राजनीतिक प्रणाली हो । राज्यसत्ता एउटै शब्द नभई दुई पदावली मिलेर बनेको शब्द हो । राज्य भनेको चार किल्ला भित्र निश्चित सिमा बाँधिएको क्षेत्र विशेष (जहाँ कसैको राज वा शासन कायम छ) लाई राज्य भनिन्छ । सत्ता भनेको शक्ति हो । यहि शक्तिको बलमा त्यस राज्यमा शासन चल्ने गर्छ । राज्यसत्ता भनेको एउटा वर्गको बिचार, दर्शन, राजनीति धर्म, संस्कृतिमा आधारित संविधान कानुन अदालत सेना पुलिस, सरकार, जेलनेल, प्रशासन, शासन प्रणाली आदिको समुच्च रुप हो । यो शत्ताले ओगटेर बसेको भुगोल वा क्षेत्रलाई राज्य भनिन्छ । राज्य क्षेत्र वा भुगोलसंग सम्बन्धित छ भने सत्ता यसलाई टिकाउने तागत वा बल हो । राज्य सत्ता भनेको एउटा शक्तिशाली वर्गको राजनीतिक सत्ता कायम भएको निश्चित क्षेत्र हो भुगोल हो ।
२.राज्यसत्ताको उत्पत्ति र विकास
करिब पाँच हजार वर्ष पहिले राज्यसत्ताको व्यवस्थ्ति विकास भएको पाईन्छ । आदिम साम्यवादको अन्तिम चरणमा निनि सम्पत्तिको सुरुवात संगै राज्यको परिकल्पना भएको हो । सुरूमा कविलाहरूले आफ्नो समुहद्वारा लुटेर ल्याएको सम्पत्तिको रक्षा गर्दथे । क्रमशः त्यो सम्पत्ति रक्षाका लागि छुट्टै लडाकु टिमका रूपमा खडा गरियो । पछि गएर त्यो एक कुशल र सशक्त सेनाको रूपमा विकास भएको हो ।
व्यक्तिगत सम्पत्तिको सुरूवात संगै शक्ति संघर्षको लागि मानिसहरूमा ठुला–ठुला संघर्ष र युद्वहरू हुन थाले । जित्नेहरू शासक भए । पराजय हुनेहरू शासित दासमा परिणत भए । प्रारम्भिकमा राज्यसत्ताको नेतृत्व समाजका बलिया बांगाहरूले गरे । उसको शेषपछि उसैको छोराले शासन गर्ने परिपाटी देखा प¥यो । उ न मर्दै उसको छोरालाई उत्तराधिकारी घोषणा गर्ने चलनले सामन्ती राजतन्त्रात्मक शासन व्यवस्थाको जन्म भयो ।
दोस्रो प्रक्रिया सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ताको उन्मुलनर समाजमा पूँजीवादी गणतन्त्रात्मक राज्यसत्ताको नेतृत्वको शेषपछि वा निश्चित अवधिपछि । जनता चुनिन र चुन्ने प्रचलन स्थापित भयो । यो प्रणालीको जन्मसंगै गणतन्त्रात्मक पूँजीवादी राज्य सत्ताको जन्म तथा विकास भयो । यहिबाट सामन्ती राजतन्त्रात्मक राज्यसत्ता र गणतन्त्रात्मक पूँजीवादी राज्यसत्ताको दुई स्वरुप देखा प¥यो ।
शासकहरूले दासहरूलाई नियन्त्रण गर्न निश्चित शर्त वा नीति निर्माण गरेर उनीहरूलाई आफ्नो नियन्त्रणमा राखे । कालान्तरमा त्यो शर्त नीति, विधी वा नियम संविधान, ऐन र कानुनको रूपमा विकास भयो । दासहरूलाई विभिन्न क्षेत्रमा परिचालन गर्ने काम संगै कामका विभिन्न शाखा वा प्रशासनिक संयन्त्रहरू सञ्चालनमा आए । प्रशासनिक निकायहरूमा काम गर्ने कर्मचारहरूको आवश्यकता बन्न गयो । त्यसरी समाज विकास हुदै जाँदा जसले गल्ति गर्छ उसलाई दण्ड जरिवाना गर्नु पर्ने आवश्यकता संगै त्यसका लागि छुट्टै टिम वा संयन्त्र पनि खडा गरियो । त्यहि टिम वा संयन्त्रको विकरित रुप वर्तमानको अदालत हो ।
दास मालिकहरूबाट दासमाथि असिमित शोषण हुन थाल्यो । दासहरूले आफुमाथि भएको शोषण र अत्याचारको विरोध गर्न सुरु गरे । दास मालिकहरूले उनीहरूमा मनोवैत्रानिक आक्रामण सुरू गरे । पूर्व जन्म, पुनर्जन्म, पाप, धर्म, स्वर्ग र नर्क जस्ता दास मालिकले दासहरूमाथि मनोवैज्ञानिकरूपमा आक्रमण गर्ने काल्पनिक हतियारको प्रयोग गर्न थाले । यसरी दासहरूको विद्रोह नियन्त्रण गर्ने कोशिस संगै समाजमा बहुदेवतावाद र एकेश्वरवादको जन्म भएको हो । दासहरूलाई नियन्त्रण गर्ने यहि शिलशिलमा धर्म आचरण र नैतिकता जस्ता प्रणालीको विकास भयो । माथि उल्लेखित सवै प्रणालीको एक समग्र रूप नै वर्तमान आधुनिक राज्यसत्ता हो ।
समाजमा उत्पादन प्रणाली वा उत्पादन सम्वन्धमा विकास संगै राज्यले पनि आफ्नो मेडेलको नयाँ नयाँ रूप धारण गर्दै आएको छ । सामान्य वर्ग विहिन समाजबाट सम्पत्तिको तेरो र मेरो गरे संर्ग राज्यको उत्पत्ति भई अमानविय र क्रुर शोषण र अत्याचारको सिमा नाघेको दास प्रथा उत्पादन पद्धति र प्रणालीको विकाससंगै दासहरूको विद्रोहलाई दबाउन नसकी दास मालिक समाजबाट राज्यले सामन्तवादी राज्यसत्तामा विकास भयो ।
सामन्तिसमाजमा पनि शोषणको जरु ज्यु का त्यु रहेपछि किसानहरूले त्यहाँबाट पनि विद्रोह गरेर सामन्तवादको ठाउँमा पूँजीवादी व्यवस्था स्थापना गरियो । अहिले हामी पूँजीवादी अवस्थामै छौं र राज्य केहि पहिले भन्दा अघि बढेको देखिएता पनि सारतः पूँजीवादी राज्य सत्ता भनेको पूँजीपतिवर्गको स्वार्थ सिद्ध र रक्षार्थ तल्लिन छ । यो राज्यसत्ताको जग पनि शोषक वर्गद्वारा शोषित वर्गमाथि शोषणमा आधारित राज्यसत्ता रहको छ ।
रक्सी उहि रहने तर बोतल मात्र फेरिनुले कुनै अर्थ राख्दैन भने जस्तै राज्यसत्ताको नाम वा रूप फेरिने तर सारतः सर्वहारावर्गमाथिको शोषण ज्युका त्यु रहने अझ शोषणको अवस्था व्यवस्थित हुने वाहेक अरू केहि भएको छैन । त्यसकारण सारवस्तमै अन्तर आउने गरी समाजवादी राज्य व्यवस्स्था निर्माण हाम्रो अभियान हो ।
राज्यसत्ताको भुमिका र कार्य
वर्ग विभाजित समाजमा राज्यसत्ता पनि वर्गिय हुन्छ र जुन वर्गले राज्यसत्ताको नेतृत्व गर्छ । त्यहि वर्गको स्वार्थसिद्ध हुने गरि राज्यसत्ताले भुमिका निर्वाह गर्दछ । दास समाजमा दास मालिक र दास वर्गमा विभाजित थियो । दास मालिकका हातमा राज्यसत्ता भएका कारण त्यतिवेलाको राज्यसत्ता दास विरोधी र दास मालिकहरूको पक्षमा उनीहरूका हित रक्षामा भुमिका निर्वाह गर्दथ्यो ।
सामन्ती समाजमा सामन्त जमिन्दारवर्ग सत्तामा हुने हुदा त्यो राज्यसत्ताले सामन्त पूँजीपतिवर्गको हितमा भुमिका निर्वाह गर्ने गर्दथ्यो । अहिले हामीले वकालत गर्ने समाजवादी राज्य व्यवस्थामा सर्वहारावर्गको नेतृत्व हुने हुदा त्यो राज्यसत्ताको चरित्र सर्वहारावगिएय हुने र सर्वहारा वर्गको हितानुकुल भुमिका निर्वाह गर्ने कुरा छदैछ ।
जुनवर्गले सत्ताको नेतृत्व गर्छ त्यहि वर्गको हित रक्षाका खातिर प्रतिरक्षामा लागि रहनु त्यो वर्गको दायित्व हुनछ । पूँजीवादमा पूँजीपतिवर्गले राज्यसत्ताको नेतृत्व समहाल्ने भएको हुदा पूँजीपतिवर्गको हितको प्रतिरक्षा गर्नु पनि स्वभाविक हुन जान्छ । पूँजीवादले वकालत गरेको प्रजातन्त्रबारे लेनिन भन्नु हुन्छ – ‘एक तुच्छ अल्पसंख्याको निम्ति प्रजातन्त्रवाद, धनीमानीहरको निम्ति प्रजातन्त्रवाद–यहि हो पूँजीवादी समाजको प्रजातन्त्रवाद ।’ यो पूँजीवादी वादी व्यवस्था हो ।
यो व्यवस्थामा पूँजीवादीहरूका विचमा प्रतिस्प्रर्धा हुन्छ । एउटा पूँजीपतिको हार हुन्छ । अर्काे पूँजीपतिको जित हुन्छ । यसो हेर्दा त्यहाँ प्रतिस्प्रधात्मक प्रजातन्त्र हुन्छ । तर जसले जिते पनि त्यहाँ पँुजीपतिवर्गकै जित हुने हुदा त्यहाँ अल्पसंख्यक पूँजीपतिवर्गको हितको वकालत बाहेक अरू हुदैन । त्यो सारतः सर्वहारावर्गमाथि पूँजीवादी अधिनायकत्ववाहेक अरूथोक होईन ।
हामीले भन्ने गरेको समाजवादी राज्यसत्ताले राजनीतिकरूपले पूँजीपतिवर्ग माथि सर्वहारावर्गिय अधिनायकत्व कायम गर्ने भएपनि आर्थिकरूपले श्रमको मुल्य सिद्धान्तलाई अंंगिकार गर्दछ । हामीले यस्तो राज्य निर्माण गर्नुको मुख्य उद्देश्य निजि सम्पत्तिको उन्मुलनको भौतिक आधार तयार पार्नु हो । निजि सम्पत्तिको अन्त्य संगै वर्गको पनि अन्त्य हुनेछ । वर्ग विनाको राज्यसत्ता औपचारिक संयन्त्रका रूपमा एक ठाउँ थन्को लाग्नेछ र समाजमा राज्यसत्ताको आवश्यकताको अनुभुति सुन्य भई राज्यसत्ताको समेत विलोप हुनेछ । त्यहि समाजलाई हामीले सवै भन्दा उन्नत र वर्ग,शोषण विहिन समानताको समाज साम्यवादी समाजको परिकल्पना गरेका हौं ।
काल्पनिक समाजवाद
काल्पनिक समाजवादीका प्रबर्तब फ्रान्सका क्लाउदे हेनरी सेन्ट साइमन (१७६०–१८२५) हुन । फ्रान्सका चार्स फुरिये (१७७२–१८३७) र ब्रिटेनका रबर्ट ओवन (१८७१–१८५८) तीन जनाले काल्पनिक समाजवादका मुख्य पक्षधरता लिएका थिए । यसका पहिलो ब्याख्याता थोमस मुर हुन् ।
काल्पनिक समाजवादीहरूले पूँजीवादको तिखो आलोचना गर्दै समाजमा अव समानतामुलक आर्थिक राजनीतिक प्रणालीको खाँचो रहेको कुरा अघि सारेका थिए । उनीहरूले समाजको आर्थिक उत्पादन पद्धतिमा अनुसार समाजको रूपान्तरणको वकालत गर्नुको साटो भाववादी र कोरा काल्पनावादी भएर आफ्नो काल्पनिक समाजवादी चिन्तन अघि सारेका थिए ।
जव कि पूँजीवादी समाज स्पष्ट दुई वर्गमा विभिाजित छ । पूँजीपतिवर्ग राज्यसत्ताको बागडार समहालेर सर्वहारावर्ग माथि शासन चलाई रहेको छ । सर्वहारावर्गले खुन पसिना बगाउँदै श्रम गर्छ । सर्वहाराको श्रमबाट उत्पादित मूल्यमाथि पूँजीपति वर्गले अतिरिक्त मुल्य वृद्धि गरी आफ्नो वर्ग स्वार्थ गरिरहेको छ । त्यस्तो अवस्थामा समाजवाद सर्वहारवर्गको एकतामा आधारित पूँजीपतिवर्ग विरूद्व व्यापक र व्यवस्थित वर्गसंघषको सिद्धान्तमा आधारित संघर्षबाट मात्र समाजवाद आउन सक्थ्यो ।
तर, काल्पनिक समाजवादीहरूले ति दुई विरोधी वर्गका मेल मिलापबाट समानतामा आधारित आर्थिक राजनीतिक प्रणाली ल्याउने कुरा गर्थे । वर्ग समन्वयबाट वर्गको अन्त्य गर्ने र समानतामुलक समाज निर्माण गर्ने उनीहरूको मुल दृष्टिकोण रहेको थियो । कतिपय चिन्तकहरूले त पूँजीवादी व्यवस्थामा सर्वहारा वर्गको कल्पना समेत गर्दैन थिए । त्यसैले यो चिन्तनलाई काल्पनिक समाजबाद भनिएको हो । यो काल्पनिक समाजवादले माक्र्सवादको सामाजिक सिद्धान्तको विकासमा महत्वपूर्ण स्रोतको काम ग¥यो ।
हेगेलको पालासम्म मानवको चेतनालाई उसको अस्तित्वको आधारको रूपमा व्याख्या गरिदै आएको थियो । तर त्यसपछि मानवको अस्तित्वलाई उसको चेतनाको आधार प्रमाणित गर्ने बाटो खुल्यो । त्यस बेलादेखि समाजवाद कुनै एक व्यक्तिको बौद्धिक क्षमताको फल रहेन । ऐतिहासिक रूपले विकास भएका सर्वहारावर्ग र पूँजीपतिवर्ग विचको वर्गसंघर्षको अनिवार्य परिणाम मान्न थालियो ।
त्यसपछि आर्थिक र राजनीतिक प्रणाली भएको समानतामुलक समाजवादको स्थापना गर्न दुई परस्पर विरोधी वर्गमध्ये राज्यसत्तामा आसिन पूँजीवादी शासक वर्गलाई सत्ताबाट गलहत्यायर ऐतिहासिक रूपले शोषणमा परेको श्रमजीवि सर्वहारवर्गलाई शासक बनाई वर्गविहीन र शोषणविहीन अवस्थामा पु¥याउन त्यही वर्गको पक्षमा काम गर्न सचेत, सङ्गठित र अनुशासित हुनु पर्ने सिद्धान्तको विकास भयो ।
यस प्रकारको भौतिकवादी धारणासँग पहिलेका काल्पनिक समाजवादीहरूको कुनै मेल थिएन । काल्पनिक समाजवादले आफ्नो समयको पूँजीवादी प्रणालीका खराब पक्ष र कमजोरीहरू अवश्य पनि पहिल्याएको थियो । पूँजीवादी प्रणालीमा उत्पन्न भएका समस्याहरू देखाउने काम पनि भएको कुरा यथार्त नै हो । तर त्यो काल्पनिक समाजवादले पूँजीवादी व्यवस्था खराब हुनाको कारणहरूको खोजी गर्न भने सकेको थिएन ।
उसले पूँजीवादमा समस्या उत्पन्न हुनका कारण पत्ता लगाउँन नसकेका पछि । उत्पन्न समस्याहरूको समाधानको तरिकाहरू पत्ता लगाउन पनि सक्ने कुरा भएन । व्यवस्था खरबी छ । खबराब व्यवस्थाको त्याग गर्नु पर्छ त भन्यो । तर, शोषणको मूल जरो र त्यो जरोको श्रोत पहिल्याउन असमर्थ भयो ।
निन्दा र भत्र्सना गरेर मात्रै पूँजीवादको अन्त्य र समाजवादको स्थापना हुदैनथ्यो । बरु विशेष ऐतिहासिक युग व्यवस्था निर्माणका लागि त्यस्तो व्यवस्थाको जन्म, उसले अंगिकार गर्ने चरित्र र त्यसका विशेषताहरूले अनिवार्यता र त्यसकै कारणले पतन हुने पनि अनिवार्य भएको तथ्य प्रष्ट पार्नु सक्नु पर्दथ्यो । त्यो जनमानमा रहस्यमय बनेको पूँजीवादी उत्पादन प्रणालीको मौलिक रूपलाई प्रदाफास गर्न सक्नु पर्दथ्यो तर पनि त्यो हुन सकेन ।
काल्पनिक समाजवादलाई स्रोत मान्दै त्यसका खराब पक्ष हटाउदै र आवश्यक तत्वको खोजी गर्दै अतिरिक्त मूल्य र नाफा गरेर पूँजी जम्मा हुने अवस्थाको अध्ययन गरेर पूँजीवादमा उत्पादन र पुनरुत्पादनको रहस्य उद्घाटन गर्नु काम कार्ल माक्र्सले गर्नु भयो । ऐतिहासिक भौतिकवादी धारणा र अतिरिक्त मूल्यको पत्ता लगाएर माक्र्सले समाजवादको अनिवार्यता पुष्टि गर्नु भयो । यिनै दुई वटा रहस्य उद्घाटनका कारणले समाजवाद विज्ञान बन्यो र पछिको काम वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वबाट र वर्गसङ्घर्षबाट राज्यसत्ता कब्जा गर्ने र वर्गविहीन समाजतर्फ अघि बढ्ने काम शोषित वर्गको हातमा जाने भयो ।
काल्पनिक समाजवाद र वैज्ञानिक समाजवादमा फरकः
काल्पनिक समाजवाद
१ वर्गसंघर्षको इतिहाँसलाई ठम्याउदैन, शासकको ह्दयलाई परिवर्तन गर्ने भन्छ ।
२ शक्ति पूर्ण प्रचार गरेर हुन्छ भन्छन् ।
३ अतिरिक्त श्रम बारे अर्थवादी बुझाई
४ राज्य सम्वन्धि दृष्टिकोण सहि छैन । यसको वर्ग चरित्र बुझ्दैन ।
वैज्ञानिक समाजवाद
१ वर्ग संघर्ष भन्छ
२ बल प्रयोग
३ उत्पादनका साधनमा मजदुरको स्वामित्व हुनु पर्छ भन्छ र अतिरिक्त श्रमबारे स्पष्ट छ ।
४ राज्य सत्ताको वर्ग चरित्र र यसको पतनको वास्तविकता पहिल्याउछ । साभारः बकपत्र
लाइभदाङ । १५ श्रावण २०८०, सोमबार १४:२६ बजे