बबईमा डुबेर दाजुभाईको मृत्यु

तुलसीपुर, १ जेठ । पौडी खेल्ने क्रममा डुबेर दाङमा दाजु भाईको मृत्यु भएको छ ।

बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजु भाईको मृत्यु भएको हो । भारतबाट फुपुको घरमा आएका १८ बर्षीय दिपक परियार र १६ बर्षीय दिपेश परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताउनुभयो ।


दिपकको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो , भने दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेका थिए ।