गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु

दाङ,१६ असार ।
दाङमा गुडिरहेको अटोरिक्साबाट खस्दा एक जनाको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही–९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही–१० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।


खैराबाट कोठरी जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।