दंंगीशरण–३ मा ३ दिने थारु जातीका मटावाहरुको क्षमता विकास तालिम सुरू

दंगीशरण, २२ बैशाख ।
पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आयोजना तथा पालिका स्तरीय मटावा महासंघ दंगीशरण गाउँपालिकाको समन्वयमा ३ दिने थारु जातीका मटावाहरुको क्षमता विकास तालिम आजदेखि दंगीशरण–३ को हेकुलिमा शुरुभएको छ ।

मटवा महासंघ दंगीशरणका अध्यक्ष जगतराम चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा ३ दिने तालिमको उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले निति नियम नयाँ नयाँ आएकाले मटवाहरुपनि समय सापेक्षित तवरले अगाडि बढ्नुपर्ने बेला आएको । आफुहरु छिट्टै मटवा बिद्येक ल्याउने तयारीमा रहेको समेत जानकारीदिनुभयो । मटवाहरु न्याय दिलाउन र समाजलाई सु–सुचित बनाउन विशेष तरीकाले लाग्नुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले मटवाहरुको हकहित र मटवाहरुलाई दक्ष बनाउने सवालमा आफुहरु लागीपरेको बताउनुभयो ।


यस्तै वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरीले मटवाहरुले धेरै वर्ष पहिले देखि गाउँ समाजलाई अत्यन्त राम्रो सङ्ग चलाएको र समाजलाई अनुशासनमा हिडाउन खेलेको भुमिकाको उच्च प्रसंशा गर्नुभयो ।

३ दिन सम्म चल्ने अभिमुखिकरणमा मटवाहरुलाई न्यायिक सम्पादन तथा मटवा काम कर्तब्य र अधिकार सम्बन्धि जानकारि दिइने आयोजकले बताएको छ ।