एसोसिएट सदस्यमा सन्दीपन रिजाल निवार्चित

दाङ, ३० वैशाख ।
तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् ।

कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए ।


विनिल प्यानलकै आचार्य सर्वसम्मत
यसैगरी यसअघी विनिल केसी प्यानलका चिन्तामणी आचार्य संस्थागत सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । आचार्य यसअघि नै सर्वसम्मत भएको निर्वाचन समितिले बताएको छ । निर्वाचित आचार्य र रिजाललाई निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।