महोत्सवमा कुनै घटना भएको छैन : प्रहरी

तुलसीपुर
१० पुस / ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर महोत्सवमा कुनै घटना नभएको बताएको छ ।

मोत्सवमा अत्याधिक भिडका कारण बालबालिकाको मृत्यु भएको भन्ने हल्ला आइरहेका बेला प्रहरीको यस्तो प्रतिकृया आएको हो । महोत्सव स्थलमा प्रवेशका लागि हिड्दै गर्दा अत्याधिक भिडका कारण तीन जना बालबालिका निसास्सीएको जस्तो गरेपछि केहि समय खुल्ला ठाउँमा राखेर आफन्तको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


कुनै खालको अप्रिय घटना नघटोस भन्नका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी, स्वयमसेवक, गोरखा ग्रुपको टोलि खटाएको प्रनाउ अर्यालले बताए । हालसम्मकै सबैभन्दा बढी भिड भएपनि कुनै घटना नभएको बताउँदै प्रनाउ अर्यालले शान्तिपूर्ण रुपमा सम्पन्न भएको महोत्सवलाई प्रभावित पार्न कसैले गलत हल्ला फैलाएको हुनसक्ने बताए ।