माओवादी केन्द्र तुलसीपुर ९ का १६ वटै टोलमा कमिटि गठन

तुलसीपुर
२३ मंसिर / माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ ले १६ वटै टोलमा कमिटि गठन गरेको छ ।

वडाका सिबपुर, सल्लीबनलगायत १६ वटै टोलमा कमिटि गठन गरेको वडा पार्टीका अध्यक्ष मदन हमालले बताए । अध्यक्ष हमालको अध्यक्षता तथा पार्टीका जिल्ला कमिटि सदस्य यज्ञबहादुर केसीको प्रमुख आतिथ्य एवं नगर कमिटि सदस्य केशव वलीको आतिथ्यमा भेला भएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि केसीले वडा अधिवेशनको तयारी तीब्र पार्न निर्देशन दिएका थिए । पार्टीका नेता केशव वलीले अहिले मुलुक माओवादीको ऐजेण्डामा चलेको भन्दै यो कुरा जनतालाई बुझाउन आबश्यक रहेको बताए ।

त्यस अवसरमा पार्टीका नेता भिम बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । मोतीराम केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब दुर्गा शर्माले गरेका थिए ।